त्रिपुरा: २०१७ की फेमिना मिस इण्डिया त्रिपुरा रिङ्की चकमाको निधन

Rinky-Chakma

Loading

तीन दिनअघि उनको घनिष्ठ साथी र फेमिना मिस इण्डिया २०१७ की उपविजेता प्रियंका कुमारीले उनको उपचारका लागि रकम जुटाउन रिङ्कीको मेडिकल रिपोर्ट साझा गरेकी थिइन्। आज फेमिना मिस इण्डिया प्रतियोगिताको आधिकारिक पृष्ठले रिङ्की चकमाको निधनको हृदयविदारक समाचार साझा गरेको छ, ‘गहिरो दु:खका साथ, हामी फेमिना मिस इण्डिया त्रिपुरा २०१७ रिंकी चकमाको निधनको खबर साझा गर्दछौंl एक उल्लेखनीय महिला, रिङ्की वास्तवमै अनुग्रह र उद्देश्यको मूर्त रूप थिइन्। फेमिना मिस इण्डिया २०१७ मा त्रिपुराको प्रतिनिधित्व गर्दै प्रतियोगितामा उनलाई मिस ब्यूटी विथ ए पर्पजको उपाधिबाट सम्मान गरिएको थियो, जुन उनको प्रभावशाली प्रयास र दयालु भावनाको प्रमाण हो। यस दु:खद घडीमा उनको परिवार र साथीहरूप्रति हाम्रो हार्दिक समवेदना। उनको आत्माले चिरशान्ति पाओस्। रिङ्की, तपाईंको विरासत, उद्देश्य र सौन्दर्यको सधैं सम्झना हुनेछ। जसलाई तपाईंलाई चिन्ने सुअवसर थियो तिनीहरूले तपाईंलाई धेरै याद गर्नेछन्l’

About Author

Advertisement