सोनादा क्षेत्रमा अग्निशमन केन्द्र निर्माणको जमीनको सर्वे

IMG-20240731-WA0213

Loading

सोनादा: सोनादा क्षेत्रको लागि अग्निशमन केन्द्र निर्माणको लागि आज सोनादाको ११ माइलस्थित जोरखोलामा जमीनको सर्वे गरिएको छ। सोनादा क्षेत्रको लागि जीटीएको पक्षबाट निर्माण हुन लागेको अग्निशमन केन्द्रको निर्माणको लागि भूमि अनि भूमि सुधार विभागको अधिकारीहरूद्वारा ११ माइलको जोरखोलामा जमीनको सर्वे गरिएको छ। उक्त सर्वे कार्यमा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, जीटीएको कार्यकारी सभासद एंव सोनादा पचेङ समष्टीको क्षेत्रीय सभासद अनोश थापा, पूर्व सभासद महेन्द्र प्रधान, सुखे पोखरी खण्ड समितिको सभापति मनखुस राई, पञ्चायत समिति सदस्य सुमन तामाङ लगायत विभागीय अधिकारीहरू पनि उपस्थित रहेका थिए। सोनादा क्षेत्रको लागि अग्निशमन केन्द्रको लागि जमीनको सर्वे गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सोनादा पचेङ समष्टीको सभासद अनोश थापाले सोनादा पचेङ समष्टी लगायत सोनादा क्षेत्रको अन्य समष्टीक लागि पनि लामो समयदेखि अग्निशमन केन्द्रको मांग अहिले पूरा भएको छ। यस क्षेत्रका बुध्दिजीवीहरूले लामो समयदेखि मांग गर्दै आएको अग्निशमन केन्द्रको लागि अनुमोदन भएर अब निर्माण हुने भएकोले सोनादा क्षेत्रको सम्पूर्ण जनताको पक्षबाट जीटीएको मुख्य कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्।

उनले सोनादा क्षेत्रलाई लिएर यहाँको सचेत वर्ग, राजनैतिक पार्टी साथै बुध्दिजीवीवर्गले छुट्टै सोनादा खण्ड बनाउने मांग पनि गर्दै आईरहेका छन् भने उक्त मांगको लागि अग्निशमन केन्द्र पनि एउटा मुख्य विषय हो र यो सोनादा क्षेत्रमा निर्माण हुन लागेको कारणले गर्दा यो अग्निशमन केन्द्र पनि छुट्टै खण्डको लागि एक माइलखुट्टी नै हो भनी बताएका छन्।

About Author

Advertisement