Thursday, August 5, 2021
Home साहित्य ‌भारतीय र्गोखा परिसंघ सिलीगुड़ी क्षेत्रीय महिला परिसंघ द्वारा पालन गरे आर्चाय भानुभक्त...

‌भारतीय र्गोखा परिसंघ सिलीगुड़ी क्षेत्रीय महिला परिसंघ द्वारा पालन गरे आर्चाय भानुभक्त २०७ जन्मजयंती

१४ जुलाई २०२१: सिलीगुड़ी स्थित भागोपको मुख्यकार्यलयमा आज १३. ७. २०२१ को दिन भागोप सिलीगुड़ी क्षेत्रीय समिति अध्यक्ष श्री भानु प्रकाश “मार्मिक” को सभाध्यक्षतामा सम्पन्न यस कार्यक्रम लाई संचालन गरिन महिला परिसंघ को कार्यक्रम सचिव श्रीमती ममता लामाले। भागोप राष्ट्रीय उपाध्यक्ष एवं म- हिला परिसंघ राष्ट्रीय संयोजिका डॉ पुनम सुब्बाले मंगलदीप प्रज्वलन गरे पछि, श्री भानु प्रकाश, सचिव श्री गणेश प्रधान, श्रीमती दिपांजली छेत्री लगायत उपस्थित महिला परिसंघका सबै सदस्याहरूले खदा, पुष्पमाला अर्पण गरे। कार्यक्रम आरंभ, भागोपको जागरण गीतबाट गरियो।

त्यसपछि श्रीमती मंजु शर्माको अगुवाईमा महिला परिसंघका सदस्यहरूले अति नै मधुर कण्ठमा रामायण पाठ प्रस्तुत गरे। श्रीमती सरस्वती सेर्पा, श्रीमती दिपांजली छेत्री, श्रीमती सरस्वती शर्मा ले सुंदर कविता पढे। सुश्री लक्ष्मी देवान, श्रीमती मंजू शर्मा र श्रीमती ममता लामाले मीठो गीत प्रस्तुत गरे। महिला परिसंघ को अध्यक्षा डॉ पुनम सुब्बाले आजको युगमा नारीहरू ले आफनो परिवारमा जातिय संस्कार र संस्कृति जगेरा गरेर राखे मात्र हाम्रो जाति र समाजको उत्थान र परिवर्तन हुन सक्छ भन्दै भानुभक्त आचार्य रचित कविता “बधुशिक्षा” पठन गरिन। आजको कार्यक्रममा भाषा संग्रामी, भागोपका भुतर्पूव अध्यक्ष माननीय श्रीमती दिलकुमारी भंडारी यसवर्ष “भानु पुरस्कार”ले अलंकृत हुनु भएकोमा सम्पूर्ण भागोप परिवार गौरवान्वित भएर हार्दिक बधाई एवं शुभकामनाहरू व्यक्त गरे। दिवगंत अध्यक्ष श्री सुखमन मोक्तानलाई स्मरण गर्दै श्रद्धा सुमन अर्पित गरे। श्री भानु प्रकाश मार्मिक, र श्री गणेश प्रधानले मुख्य वार्ताको रुपमा भानु भक्तको जीवनी, वहाका कृतिहरुबाट हामीले पाएका प्रेर- णा र शिक्षाहरू विषय अत्यन्त ज्ञानवर्धक वक्तव्यहरू प्रस्तुत गरे।

आजाको छोटों मीठो कार्यक्रममा भरखरै भागोपको आजीवन सदस्यता ग्रहण गरेको सुश्री लक्ष्मी तिवारी र श्रीमती रेणु शर्मा लाई खदा अर्पण गर्दै बधाई र स्वागत जनाइयो। कार्यक्रमको अंतमा महिला परिसंघको सचिव दिपांजली छेत्री, कार्यक्रम सचिव ममता लामा लगायत अध्यक्ष पुनम सुब्बाले समस्त र्गोखा समुदाय लाई, हार्दिक शुभकामना साथै महिला परिसंघ का उपस्थित समस्त सदस्यबृंद तथा “हाम्रो र्गोखा न्युज” बाट आउन भएको श्री दिवाकर र प्रभाकर प्रधान दुवैलाई हा- र्दिक धन्यवाद शुभकामनाहरू ज्ञापन गरे। यो विज्ञप्ति सूचना एवं प्रसार सचिव श्रीमती रश्मि राई मार्फत दिइएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

Recent Comments

Farindra on राेजगार