Thursday, August 5, 2021
Home साहित्य समाज सेवा समितिमा सामान्य भानु जयन्ती

समाज सेवा समितिमा सामान्य भानु जयन्ती

सिलगढ़ी, १३ जुलाई २०२१: समाज सेवा समितिले सिलगढ़ी को शास्त्रीनगरस्थित आफ्नो भवनमा २०७औँ भानुजयन्ती पालन गरेको छ। कोरोना महामारीलाई ध्यानमा राख्दै सबै प्रोटोकलहरूको पालना गर्दै सामान्य रूपले पालन गरिएको भानुजयन्ती कार्यक्रममा समितिका पदाधिकारीगण अनि सदस्यहरू मात्र उपस्थित रहेका थिए। समिति अध्यक्ष प्रतिमा जोशी, उपाध्यक्ष लक्ष्मण नेपाल, कार्यकारी अध्यक्ष कमला शर्मा, सल्लाहकारद्वय लाक्पा तामाङ अनि गौरी सुब्बाले भानुभक्तको तस्बिरमा द्वीप धूप अर्पण गरेर कार्यक्रम आरम्भ गरियो। त्यसपछि समिति सदस्यहरूले रामायण पाठ गरे।
गौरी सुब्बाले रामायणबाहेक अन्य अनूदित र मौलिक रचनाहरू मा भानुभक्त शीर्षकमाथि सविस्तार वक्तव्य राखिन्। यसबाहेक प्रतिमा जोशी, लक्ष्मण नेपाल, कमला शर्मा, सात्विकी शर्मा अनि कविता भुजेल आदिले कविता वाचन गरे। कार्यक्रममा जानकी छेत्रीले नृत्य अनि बिक्की छेत्रीले साङ्गीतिक धुन प्रस्तुत गरे। कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता पनि सम्पन्न गरियो। समितिको यस कार्यक्रमलाई तारा सुब्बाले सञ्चालन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एय- रहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए।...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार