Thursday, August 5, 2021
Home साहित्य बरिष्ठ कबि सुकराज दियाली “नेपाली साहित्य सम्मान” द्वारा सम्मानित

बरिष्ठ कबि सुकराज दियाली “नेपाली साहित्य सम्मान” द्वारा सम्मानित

१४ जुलाई २०२१: नेपाली भाषा-साहित्य, संस्कृति अनि परम्प- राको संरक्षण संवर्धनका लागि वर्ष २०१३ बाट कार्यरत हाम्रो स्वाभिमान ट्रस्टले आदिकवि भानुभक्त आचार्यको जन्मजय- न्तीको अवसरमा राष्ट्रीय पुरस्कार विजेताहरूको घोषणा गरेको छ। यो घोषणा ट्रस्टका महामन्त्री, अधिवक्ताअनि सामाजिक अभियन्ता प्रेम क्षेत्रीद्वारा गरियो!
नेपाली भाषा, साहित्य एवं संस्कृतिको संरक्षण र संवर्धनको क्षेत्रमा गरिएका योगदानका लागि सर्वोत्तम राष्ट्रीय सम्मान “नेपाली साहित्य सम्मान” द्वारा भारतीय नेपाली साहित्यका सक्रिय कवि अनि समीक्षाकार सुकराज दियालीलाई प्रदान गरिनेछ। प्रसिद्ध कवि लेखक स्वर्गीय श्री हरिप्रसाद गोर्खा राई को नाउँमा “हरिप्रसाद गोर्खा राई स्मृति पुरस्कार-२०२१” नेपा- ली लेखनको क्षेत्रमा गरिएको योगदानका लागि नारी लेखिका डा. साङ्मु लेप्चालाई उनको बाल उपन्यास ‘‘वन संसार’’का लागि दिइनेछ । राष्ट्रका धरोहर प्रसिद्ध कवि स्व. वीरेन्द्र सुब्बाको नाउँ मा “वीरेन्द्र सुब्बा स्मृति साहित्य पुरस्कार -२०२१” नेपाली क- विताको क्षेत्रमा गरिएका कार्यका लागि श्री किशन प्रधानलाई उहाँको कविता संग्रह ‘जुनकीरीको उज्यालो र पाइतालाको गीत’का लागि दिइनेछ! यसरी प्रसिद्ध समाज सेवी एवं नेपाली भाषाका विद्वान प्राध्यापक गोपीनारायण प्रधानको नाउँमा “गोपी नारायण प्रधान स्मृति सम्मान” नेपाली साहित्य, कला र समाज सेवाका लागि बरिष्ठ साहित्यकार श्री के. बी. नेपालीलाई सम्मानित गरिनेछ!

यस अवसरमा संस्थाका स्वाभिमानका राष्ट्रिय अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए कि “नेपाली साहित्य सम्मान” यी राष्ट्रीय पुरस्कारहरूको श्रृङ्खलामा सर्वोच्च स्थानमा राखिएको छ। पुरस्कार अनि सम्मान प्राप्तकर्ताहरूको छनोटका लागि केन्द्रीय समितिबाट युवा प्रकोष्ठका अध्यक्ष युवराज भट्टराई एवं नर्थ ईस्ट रीजन समितिकी अध्यक्षा कवयित्री श्रीमती मञ्जुला तामाङको नेतृत्वमा ५ सदस्यीय समितिको गठन गरिएको थियो। जुन वि- गत २ महीनाबाट पुरस्कारका लागि सर्व ग्रहणीय व्यक्तिहरू को छनोट कार्यमा संलग्न थियो। हाम्रो स्वाभिमानको मुख्य उद्देश्य नेपाली भाषा, साहित्य, संस्कृति र कलालाई स्थापित गर्नका लागि निरन्तर आफ्नो कार्यद्वारा समाजमा सुप्रभाव दिन संघ- र्षरत भाषा-संग्रामी एवं साहित्यसेवी व्यनक्ति हरूलाई सम्मानित एवं पुरस्कृत गर्नु हो। पुरस्कार स्वरूप अङ् वस्त्र, स्मृति चिह्न, प्रमाणपत्र अनि नगदराशी दिइनेछ!
अनिता छेत्रीद्वारा सञ्चालित कार्यक्रममा यू॰ए॰ई॰मा कार्यरत नेपालका राजदुत कृष्णा प्रसाद ढकाल, उत्तम क्षेत्री, शरद कुमार क्षेत्री, राहुल राई बोगिको, शिवलाल ज्ञवाली, नारायण शर्मा, सु- मित्रा अविरल, हेम राई, देविका मग्रान्ती राई, हर्कु तामाङ, अनि- ता ज्ञवाली, मीना पाण्डेय, श्रीमती अनिता क्षेत्री (२), नेओमि खाती, जीवन शर्मा, गोपाल पराजुली आदि उपस्थित रहेका थिए!
नानीहरू बीच भएको कविता प्रतियोगितामा रसज्ञ गुरूङ प्र- थम, फेलिक्स लेप्चा र अंजनी घिमिरे दोस्रो अनि कुसुम थापा तेस्रो भए। यही समारोहमा भानु विशेषांकको माध्यमबाट हाम्रो स्वाभिमान पत्रिकाको विमोचन पनि गरियो।

प्रेम छेत्री
महासचिव
हाम्रो स्वाभिमान ट्रस्ट
नयाँ दिल्ली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

Recent Comments

Farindra on राेजगार