Thursday, August 5, 2021
Home साहित्य "दार्जीलिंङ्ग"

“दार्जीलिंङ्ग”

३५ साल दशकको दार्जीलिंङ्ग को संक्षिप्त ब्यख्य गर्न कलम समाएको छु शब्द,समीक्षा,र उदहारणप्रति त्रुटि हुन पुगे पाठक समक्ष क्षमाप्रार्थी छु ।
१९८६ को आम गोर्खाहरुको अस्तित्वको लागि सुरु भएको गोर्खाल्याण्ड आन्दोलनको मुद्दाले उक्त समय धेरै ठूलो रूप लिएको थियो । उक्त कालखण्डलाई समीक्षात्मकरूपले नियलेर हेर्दा मुद्दा आम भारतीय गोर्खाहरूको लागि अस्तित्व र चिन्हारीको निम्ति वर्चस्वको लड़ाई थियो, राज्य र केन्द्रमा मुद्दा दायर पनि उक्त विषयमा नै प्रतिवेदन बुझाएको हो, तर अफसोस! नेतृत्ववर्गको कमजोरी हो या जनताको अज्ञानताले उक्त मुद्दा गृहयुद्ध जस्तै रूप धारण गरी हजारौ आफ्नै जातीबीच दुव्न्दको कारक बन्यो,परिवारभित्र नै कलह सुरु भई हतियार र आगोको खेलमा परिणत भई धेरैको जनजीवन र भौतिक संरचना को तोड़फोड़ भयो । हजारौले ज्यान गुमाई आफ्नो परिवारबाट सदाको लागि अलविदा भए भने हजारौको तादातमा विस्तापित हुन पुगे र धेरै भौतिक संरचनाहरू आगोको ज्वालामा परी अस्तव्यस्त बने। सुन्दर र स्वच्छ वातावरणमा बसेकी दार्जीलिंङ्ग ले पूरा २ वर्ष पछ्यौरीले मुख छोपी आँसुको घुटको पिऊदै दर्दनाथ स्थितिको वातावरण झेलन पर्यो। मठ मन्दिर, गिरजा, मस्जित, गुम्बा, कुनै पनि धार्मिक स्थलहरू बेवरिसे लाश बाट अछूतों रहेंन त्यस्तै हर जंगल, खोलानाला नदी किनारा, चौतरो भीर साथै सार्वजानिक स्थल जहि तहि लाशको परिचयले टाडा रहेन। त्यस्तो स्थितिको समीक्षाले बुझिन्छ कि उक्त आन्दोलन एउटा मरुभूमि भन्दा पनि उजाड़ थियो भन्ने। स्थगल भर्मण गरेर हेर्दा थाह हुन्थ्यो जहाँ एशिया महा देशकै उत्कृष्ठ फुलवारीको भग्नशेषको अवस्था देख्दा, पर्यटक स्थलहरूको कंकालस्वरूप मात्र भेटिन्दा, नौलों अनुहार देख्दा पनि मान्छेहरू घर भित्र लुगने जर्जर स्थितिको वातावरण हुँदा, स्वर्गकी रानी दार्जीलिंङ्गले एउटा मानवताको बस्ती नै गुमाई सकेको क्षण थियो..! लाग्छ त्यो समय विश्वभरीको मॉन्छेले हुन सक्छ सुशासन र सुव्यवस्था फेरि फर्कि आई दार्जीलिंङ्ग आमाको आँखामा नया खुशीको सूर्यदय होस भनेर ईश्वर समक्ष धेरैले प्रार्थना गर्यो होला, किनकि दार्जीलिंङ्ग एउटा विश्व प्रशिद्ध र समृद्धिले सुशोभित पर्यटक स्थल हो। हो विश्वले नै दार्जीलिंङ्ग खूनी राजनीतिक स्थल बनोस भन्ने चहादैन किनकि दार्जीलिंङ्ग एउटा विश्वको मानचित्रभित्र संभ्यताले बसेको ठाउले चिनिन्छ,हुन पनि यो सत्य हो। त्यसैले यहाँ देश विदेशबाट धेरै पर्यटकहरू खर्च गरी गरी यस ठाउको दर्शन गर्न आउने गर्छ। शायद दार्जीलिंङ्गको अन्तर विशेषता हामीलाई भन्दा ज्यादा बिदेशी पर्यटकहरुलाई थाह छ त्यसैले उनीहरू दार्जीलिंङ्ग दर्शनको लागि ताँती लाग्छ। यहाँको प्राकृतिक धरोहर,मठ मन्दिर, सम्पूर्ण धर्म स्थल, पाहाड भौतिक संरचना, सभ्यता, संस्कृति परम्परा, सार्वभौम अखण्डता, हर मौसमी छटाहरुले विश्व पर्यटकहरुको मन छुईं विश्वलाई असाधरण र अनुकरणीय ठाउ दार्जीलिंङ्ग भनि भारत देशको परिचय दिने गर्छ। सलाम मेरी आमा दार्जीलिंङ्ग लाई जसले मलाई आफ्नो कोखमा जन्माइन।
ती दशकमा अस्तित्वको खातिर आफ्नो प्राण आहुति दिने सपूतहरुलाई नमन! जसको आहुति र समर्पण आज हाम्रो लागि ऊर्जा बनेको छ, उनीहरुको अधुरो सपना आज हाम्रो कांधमा बिपनाको उत्तरदायित्व बनेको छ। यसैले अब हामीले बौद्धिक विचारधाराले बढ़ो सयंता साथ सुशान्ति, समृद्धि र सुव्यस्थाको समीकरणमा बदलेर एउटा स्वच्छ छविको दार्जीलिंङ्ग बनाउनु पर्छ। यो हाम्रो २१औ शताब्दीको नागरिकको एउटा बौद्धिक परिचय र अचूक कर्तव्यको संघार पनि हो। जसमा हामी यस्तो मोड़मा मोड़िएर यो कार्य तर्फ अग्रसर हुन्छौ तब हाम्री आमा दार्जीलिंङ्गले स्वस्छ र शान्तिको नया चोली धेरै दशकबाद फेर्ने छिन्।
दार्जीलिंङ्ग भारत देश कै गर्वपूर्ण एउटा ठाउ हो, ब्रिटिश साम्राज्यदेखि नै यसको विशेष नाम चर्चित रहेको इतिहास गवाही छ। यहाँको मौसम,प्राकृतिक मनोरम दृश्य,सभाव र सभ्यता यसको अचूक पहिचान हुन्। साथै हर मौसम अनुसार चाँप, गुरास र सिम्बलका रँगी बिरंगी फूलहरुले दार्जीलिंङ्ग एउटी नव वेहुली सिंगरिएको झै देखिन्छ, कला र संस्कृतिको पहिरानले सजिएको दार्जीलिंङ्ग भाषा र साहित्यमा धेरै अघि छन्। शिक्षामा पनि निपुणताको दर्जामा अघि नै रहेको पाइन्छ। यस्तो सर्वगुण संपन्नता हाम्रो दार्जीलिंङ्ग अहिले घड़ी राजनीतिक खेल मैदान हुंदैछ। खै किन हो यहाँ यस्तो परिवेश सृजना हुनु दोष कसको हो? मिश्रण राजनीति मसालाहरू यहि पिसिनु किन? समयको परिवर्त्तन सँगै अब दार्जीलिंङ्ग को अवस्थाको समीकरण बदल्नु पर्छ भन्ने विज्ञाहरूको टिप्पणी छ तर त्यसो भई रहेको छैन।
हामीले कृतिम वस्तु निर्माण होइन अब वास्तविकतालाई आत्मासात गरी सैद्धान्तिक तोर तरीका अनुरूप कार्यशैली प्रणाली अघि ल्याई विकसित दार्जीलिंङ्गको निर्माण गर्नु जरूरी छ। यो वर्त्तमान समयको जुजरु मांग पनि हो। के यो सब गर्न हामी सक्षम छैनौ र? किनकि अहिले हामी त्यो युगको दुनियमा छैनौ जति बेला रेडियो सुनेर जीवन शैली बदल्ने गर्थ्यौ तर अहिले हामी सैद्धान्तिकरूपले पनि कंप्यूटर युगमा आई चेतनशील अवस्थामा स्थाई छौ।
देश होस या राज्य या परिवार होस या समाज यी सबै समृद्ध हुनलाई यहाँ रोजगारको बिकास सर्वपरि हुन्छ। यो सबको थालनी देश को संवैधानिक कायदा कानून र अर्थब्यवस्था पहिले विशेष मज़बूद हुन जरूरी छ तब मात्र विकास नया लहरले सबै कुरा अनुशासित ढंगले सुशोभित भई समृद्धिको पुरणावेदन तर्फ़ मोड़िन सक्छ, तब हामीलाई हाम्रो तकनीकी अर्थबोध हुन्छ र हामी सफल भएको अनुभूतिद्वारा नया जोश र उमंगको क्रान्ति लिएर हामीले हाम्रो जन्मभूमि दार्जीलिंङ्ग आमालाई शान्ति सुब्यवस्थको माहौलमा फेरि स्थापित गर्न सक्छौ,त्यास पछिको नया र समृद्ध दार्जीलिंङ्ग हेर्न र दर्शन गर्न स्वदेशी र बिदेशी पर्यटकहरूको समूह कड़ोरौको संख्यामा नभएर खरबौको संख्यामा आउनेछन् तब मात्र हाम्री दार्जीलिंङ्ग आमाले हामी माथि गर्व गरी हामीलाई आशीर्वाद दिनेछिन।
तर हाम्रो सोच र ब्यवहारले कहिले पनि दार्जीलिंङ्गको भावनालाई कुंठित गर्ने प्रचेष्ट नगरौ। यसको सार्वभौमलाई सधै प्रदूषित अवस्थाबाट टाडा राख्ने चेष्टालाई आत्मासात गरौ। विश्वलाई दार्जीलिंङ्ग आमाको सन्तान हो भन्ने सभ्यताको परिचय दिउ। आमाको आँखामा शोकको आँसु होइन सधै हाँसो र खुशीको आँसु देखनु सकौ भन्ने मेरो अन्तर मनको विनय हजुरहरू सबैलाई।
मौलिक हक र अधिकारको हनन् हुन दिनु हुन्न यसमा हाम्रो वैचारिक भूमिका सजक रहनु जरूरी छ। समयले खेलाएको कुनै अर्थ हुन्न यहाँ तर ब्यक्तित्वले खेले यो धेरै अर्थपूर्ण हुने छ।
मेरो कलमले जे जति लेखेर यहाँहरूलाई बुझाउने प्रयास गरेको छ, यसले भ्रान्ति होइन क्रान्तिको प्रेरणा दखल गर्दै माथि उलेखित विषयमा एउटा ईटा थपि कारगर समृद्धिको महल निर्माण होस, भन्ने शुभकामनासहित मेरो कलमलाई यही बिश्राम गर्दछु……..🖋️

मनोज राई (करण)
रामपुरिया खासमल बस्ती
तकदह,दार्जीलिंङ्ग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

Recent Comments

Farindra on राेजगार