Thursday, August 5, 2021
Home साहित्य डुवर्सको विभिन्न स्थानमा भानु जयन्ती पालन

डुवर्सको विभिन्न स्थानमा भानु जयन्ती पालन

डुवर्स, १३ जुलाई २०२१: आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्म जयन्ती डुवर्सको बिभिन्न स्थानमा पालन गरियो। देश मा फैलिरहेको महामारीको कारण प्रायः जस्तो ठाउँहरूमा सा- मान्य रूपमा पालन गरियो। मालबजारको बस बिसाउनीमा नेपाली युवा सङ्घ, मालबजारको तर्फबाट भानुभक्तको सालिग मा माल्यार्पण गर्दै भानु जयन्ती पालन गरियो। सामान्य रूपमा पालन गरिएको कार्यक्रमको अध्यक्षता समाजसेवी अजित परा- जुलीले गरेका थिए भने कार्यक्रममा मुख्य अतिथिको रूप मा डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष सितम मोक्ता- न रहेको थियो।
कार्यक्रममा शिक्षक कृष्ण शर्मा, भिम राई, चित्रकार तथा गायक अजय थापा, नेपाली युवा सङ्घका सचिव गोपाल सुनार, अध्य- क्ष गणेश थापा, दिपक सुनार आदि उपस्थित थिए। त्यसरी यता चिलाउने चियाबारीमा पनि भानु जयन्ती सामान्य रूपमा पालन गरियो। यता मटेली बजारस्थित नेपाली लाईनमापनि भानु जय- न्ती पालन गरियो। स्थानीय नेपाली समुदाय द्वारा पालन गरिए को कार्यक्रममा वृद्ध नन्दकुमारी प्रधानले भानुभक्त को प्रतिकृ- तिमाथि माल्यार्पण गरेका थिए। कार्यक्रममा दिलिप प्रधान, सतिश लामा, राजु प्रधान, वाप्पी प्रधान, सुमन राई, पुनम लामा, रिना प्रधान, चन्द्रा प्रधान, कला प्रधान आदि उपस्थित थिए। यता मटेली थाना अन्तर्गत चिलाउने चियाबारी, ओदलाबारी ग्राम पञ्चायत अन्तर्गत मानावारीमा पनि सामान्य रूपमा भानु- भक्तको सालिगमा माल्यार्पण गर्दै पालन गरियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

इण्डिपेण्डेन्स डे फूटबलः मतिगढ़ा कमिश्नर फिटिज एफसीसीको रोमाञ्चक जीत

५ अगस्त २०२१: नेताजी युथ क्लब, सेभोक बजारको तत्त्वावधानमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टअन्तर्गत बुधवार खेलिएको म्याचमा रोमाञ्चक जीतको साथ मतिगढ़ा...

केन्द्रीय योजनाहरूमा मात्र राज्यका विपक्षी दलहरूले विरोध जनाएको डीबी चौहानको दावी

गान्तोक, ४ अगस्त २०२१: सिक्किम राज्यमा जब पन राष्ट्रीय योजनाहरू लागु हुन्छ तब राज्यका विपक्षी दलहरूले विरोध जनाउने चलन रहिआएको छ। धेरै...

Recent Comments

Farindra on राेजगार