Thursday, August 5, 2021
Home साहित्य काेलकातामा २०७ भानुजयन्ती

काेलकातामा २०७ भानुजयन्ती

– नारायणप्रसाद हाेमगाई

१३ जुलाई २०२१: आज बिहान ७ बजेबाट प्रवासी नेपाली संघ भारत पश्चिमबंगाल झारखण्ड संयुक्त राज्यसमितिकाे भर्चुअल आयाेजनामा गरिएकाे आदिकवि भानुभक्त आचार्यकाे २०७ जन्मजयन्ती कार्यक्रम अत्यन्त भव्य र सान्दार रूपमा सम्पन्न भएको छ। राज्यका अध्यक्ष श्री रामायणप्रसाद धमलाकाे अध्य- क्षता, कार्यकारी सचिव श्री जनार्दन ढकालकाे संचालन, नेपाली माहाबाणीज्यदूत काेलकाताका श्री ईश्वरराज पाैड्यालकाे प्रमु- ख अतिथ्यता, पूर्वीयदर्शनका ज्ञाता, आस्था र संस्कृति नामक कृतिका लेखक एवम् साहित्यकार श्री घनश्याम काेईरालाकाे विशिष्ट अतिथ्यता र प्रवासी नेपाली संघ भारतका केन्द्रीय जिम्मेवारहरू तील बिक, हरि घिमिरे, नारायण हाेमगाई एवम् राज्य जिम्मेवारहरू सहभागी रहनु भएको थियाे। भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्चकाे अध्यक्ष राजु पाठक, अन्यन्य मित्र संगठनका हितैषि मित्रहरू, बिध्यार्थी, कलाकार हरू समेतकाे उपस्थितिमा भानुभक्तकाे नेपाली भाषासम्बन्धी याेगदान र साहि- त्यकाे चर्चा भएको थियाे। यस्ता बिषयहरूमा नयाँ पुस्लाई कसरी सहभागी र उपयाेगी बनाउन सकिन्छ भन्ने चिन्तन मनन र समय सान्दर्भिक केही गीतकाे प्रस्तुति, कविता काे पाठ र चर्चा पिरिचर्चा समावेश गिरएका थिए।
त्यसैगरी बिहान १० बजे सूर्याेदय समिति खिदिरपुरले सेन्ट थ- मास स्कुलकाे अगाडि रहेको भानुभक्तको मूर्तिलाई माल्यअ- र्पण गर्दै श्रध्दासुमन गरेको थियाे। अतिथिहरू पूर्व विधायक राम प्यारे राम, नेपाली महावाणिज्यदूत, वाणिाज्यदूत, भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्च काेलकाताका महासचिव नरविक्रम थापा, एसेम्ब्ली अफ गडचर्चका पाष्टर फिलिप लेप्चा- लगायतका व्यक्तिको उपस्थित रहेकाे थियाे।
त्यस्तै बिहान ११ बजे, पश्चिम बंगालकाे विधानसभा हलमा अखिल भारतीय नेपाली भाषा परिषद्को आयाेजनामा भानु- भक्तको प्रतिमामा माल्यअर्पण गरी प्रार्थना गरिएको छ। त्यहाँ पनिअतिथिहरू, पश्चिम बंगालका विधायक, नेपाली महावा- णिज्यदूत, वाणिाज्यदूत, भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्च काेलकाताका कार्यकर्ता, एसेम्ब्ली अफ गडचर्चका पाष्टर फिलिप लेप्चा र विभिन्न सामाजिक संघ-संस्थालगायतका व्य- क्तिहरूको उपस्थित रहेकाे थियाे।

    – नारायणप्रसाद हाेमगाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एयरहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए। उनले...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

Recent Comments

Farindra on राेजगार