Thursday, August 5, 2021
Home साप्ताहिक विशेष "हाते अनि विशिष्ट श्रेणीका दीर्जीलिङका चियाहरू"

“हाते अनि विशिष्ट श्रेणीका दीर्जीलिङका चियाहरू”

अम्बर सुब्बा

१८५०-सालतिर अन्तरराष्ट्रिय बजारमा दीर्जीलिङका चियाहरू ले पदार्पण गरेका थिए। त्यस बखतदेखि आज पर्यन्त (डेढ सय साल पछि )-पनि एकै थरिका चियाहरू बनिरहेका थिए। तर गत दुई दशकदेखि यताभने दार्जीलिङका चिया बनाउने प्रणा- लीहरूमा नयाँ नयाँ परिवर्तनहरू आएका देखिन्छन्‌। संसारभरमा अनेक आर्थिक स्तरका अनि किसिमका इच्छा र चाहनाहरू राख्ने चियाका उपभोक्ताहरू छन्‌। ती सबलाई ध्या- नमा राख्दै दीर्जीलिङका धेरै चियाबगानहरूले आजकल पत्ती र पत्तीका सुइराहरूलाई हातका औँलीहरूले धागोका सहायताले बाटेर, बुनेर, गुँथेर, बाटुलो, सुलुक्क र गुइँठे आकारका गोटेचि- याहरू बनाएर संसारलाई पस्किरहेका छन्‌। पत्तीका सुइराह- रूलाई पनि अलग्गै छुट्याएर तिनीहरूबाट विभिन्न विधिहरूले सेतो, सुनौलो, हरियो र सिलभरे रङ्गका देखिने विशिष्ट स्तरका चियाहरू बनाएर चिया को इतिहासमा एउटा नयाँ अध्याय नै थपिदिएका छन्‌। त्यति मात्र नभए चियाहरू सित अनेक प्रका- रका प्राकृतिक औषधिमूलक पौदाहरूका बास्ना र अंश हरू मिसाएर चियाहरूलाई स्वास्थ्यवर्द्धक बनाउन पनि प्रयासरत्‌ छन्‌ उनीहरू। उनीहरूले उक्त प्रकारका चियाहरूलाई सुन्दर र सुहाउँदिला नामहरूले विभूषित गरेकाछन्‌ । त्यस्ता चियाहरू मध्ये विश्वप्रसिद्ध चियाहरु का नामहरू यस प्रकारका छन्‌:–

१.ह्वाइट टी २. गोल्डन टीप्स ३. ग्रीन गोल्ड ४. सिल्भ टीप्स ५. पर्ल टी ६. अलम्पिक फ्लेम ७.फ्लोरेट टी ८. पिउन रोजेट ९. स्टुपा टी १०. मार्वेल टी ११. उलोङ टी १२. यूफोरिया इत्यादि इत्यादि। धेरै खिप्ती गरेर बनाउनुपर्ने हुनाले यस्ता चियाहरूका निर्मित खर्च (Cost of Production) साधारण चियाकोभन्दा धेरै ज्यादा हुन्छ। यसैकारण, ती चियाहरूलाई तिनी हरूका स्तर र माग मुताबिक पाँचदेखि दश हजार रूपया प्रतिकिलो गरेर बे- चिन्छ। तर बिचौलीहरूले नाफा राखेर ती चियाहरूलाई प्रति- किलो पचास हजारभन्दा उँभोको भाउमा बेचेको पनि सुन्नमा आउँछ। पाँच र छ तारे होटलहरूमा एक कप चियाको मूल्य तीन चार सय हुन्छ भने अनि एक कप चिया बनाउन मात्र दुई ग्राम चियापत्ती लाग्छ भने अन्तिम उपभोक्तासम्म पुग्दा प्रति- किलो यस्ता चियाहरुका मूल्यहरू कति पुग्दा रहेछन्‌ तपाईं आफै हिसाब गर्नुहोस्‌। साधारण मानिसहरूले यस्ता चियाहरू किनेर पिउन सक्ने कुरा होइन। यी चियाहरू त संसारका ती धनाढ्य मानिसहरूका लागि बनिएका हुन्‌ जसका भाग्यमा दूधे खोलाको बगरमा थुप्रिएका ढुङ्गा र रोड़ाहरू जत्तिनै धन सम्प- त्तिहरू परेका छन्‌।धनाढ्य भएको कारण उनीहरू आफ्नो सान र सौकतको लागि संसारका सर्वोत्कृष्ट,नवीन्तम र अद्‌भुत वस्तु- हरूलाई उपभोग गर्न जति पनि मूल्य तिर्न किञ्चित पनि हिच- किचाउँदैनन्‌। उनीहरूलाई त सधैँ पैसाकोभन्दा मनोरञ्जन गर्ने र आफू श्रेष्ठ भएका भावहरू पोख्याउने बहनाहरूका खाँचो परेका हुन्छन्‌। यस्ता विशेष किसिमका चियाहरू दार्जीलिङका सबै चियाबगानहरूले बनाउँदैनन्‌। बनाउनेले पनि एक दुई प्रति- शतको हिसाबले बनाउँछन्‌ किनकि यस्ता चिया हरूका ग्राहक हरू कम्ति नै छन्‌। चियाबगानहरूका अर्थव्यवस्था हरू लाई थामिराख्ने आधार (Bread and Butter)- त उहिलेदेखिनै बनिँदै आएको त्यही साधारण कालो चिया (Orthodox Tea) -नै हो जसको विभिन्न कारणहरूले गर्दा वार्षिक प्रतिकिलो हरदर मूल्य मुश्किलले तीन चार सयसम्म मात्र बसेको पाइन्छ । यी सबै साधारण काला चियाहरू (जो ९८% -ले बनिन्छ) -पनि विशेष चियाहरूले झैँ मूल्यहरू पाए त चियाबगानहरूमा दुखि रहने गाड़े घाउहरू पनि कहिल्यै नबल्झिने हिसाबले निको हुन्थे होला !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एयरहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए। उनले...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार