Sunday, September 19, 2021
Home साप्ताहिक विशेष तीस हजारबाट शुरु गर्ने वाउ मोमोका विनोद हुमागाई

तीस हजारबाट शुरु गर्ने वाउ मोमोका विनोद हुमागाई

३ अगस्त २०२१: केवल ३० हजार रुपियाँबाट शुरु गरेको व्या- पार अहिले ३ सय ५० करोड़ वार्षिक टर्नओभर पुगेको छ।

नेपाल घुम्न जाँदा मोमो बनाएको देखेर बिनोद हुमागाईको मन मस्तिष्कमा यसबाट नै करियरको बाटो रोज्ने निश्चय गरिसकेका थिए। भित्रको मनले यसो गर्ने प्रेरणा दिइरहेको थियो भने बाहि- री मनले डर देखाइरहेको थियो। त्यस समयमा बिनोद हुमागाई स्नातकको पढ़ाईमा व्यस्त थिए।

पढ़ाई सकेपछि नोकरी खोज्ने कि त इण्टरपेनियर (उद्योगपति) बन्ने द्वन्द्व चलिरहेको थियो। नोकरी गर्दा आफूले शून्यबाट स- ङ्घर्ष गरे तापनि आफूपछिका भविष्यका पीढ़ीले त्यस्तै सङ्घर्ष गर्नु पर्ने हुन्छ तर इण्टरपेनियर भए पुस्ता पुस्ताको लागि हुने ग- र्छ। नोकरी खोज्ने नभएर कसैलाई नोकरी दिने होइन्छ। पढ़ाइको अन्तिम वर्ष नोकरी कि व्यापार गर्ने कुरोले निकै सता- एको थियो। व्यापारबाट असफल भए नोकरी खोजेर गर्ने मन बनाए। आफूसितै पढ़ने साथीसित मिलेर ३० हजार रुपियाँबाट वाउ मोमो शुरु गरे। विस्तारै रुपियाँ कमाउन थालियो। कमाएको रुपियाँ त्यसै व्यापारमा लगायौं।

कलकत्तावासीले हाम्रो मोमोलाई मन पराए। चिकन मोमो, फिश मोमो, पनीर, च्याउ, स्टीम मोमो छ। हामीले पहिलोपल्ट चकलेट मोमो बनायौं। चकलेट मोमो यति लोकप्रिय भयो, शब्दमा बखा- न गर्न सकिँदैन। बिनोद हुमागाईले बताए, पढ़दा पढ्दै सोच्नु प- र्छ नोकरी गर्ने हो कि व्यापार। अहिले दशवटा शहरमा वाउ मो- मोको आउटलेट रहेको छ। कलकत्ता, दिल्ली, मुम्बई, पुणे, गो- वा, लखनऊ, भुवनेश्वर लगायत अन्य शहरमा रहेको छ। आगामी पाँच वर्षमा देशका विभिन्न इलाकामा एक हजार स्टोर खोल्ने योजना रहेको छ। यसको लागि योजना बनाएर काम गरिन्दैछ। कुनै पनि काम सहज भने पक्कै छैन। चाहे व्यापार भन्नु होस् कि नोकरी। सङ्घर्ष त गर्नु नै पर्छ। शुरु शुरुमा वाउ मोमो शुरु गर्दा कम्ता हण्टर खाएको छौं। अहिले सफल भएको देख्दा पो ती हण्टरका दिनहरूलाई बिर्सिने गर्छौं। पूर्वोत्तर भार- तमा मोमो निक्कै लोकप्रिय रहेको छ। यसैले यी इलाकाहरूमा विस्तारै प्रवेश गर्ने सोच हाम्रो रहेको छ। जहाँ मोमोको स्वादबाट टाड़ो रहेका छन् ती इलाकाहरूमा पाइला टेकेर सफलताको झ- ण्डा गाड़न आवश्यक हुन्छ। हामीले त्यसरी नै काम गऱ्यौं। जहाँका मानिसलाई मोमोको स्वादको बारेमा अनभिज्ञ छन् त्य- हाँ स्टोर खोलेर व्यापार शुरु गऱ्यौं।

वाउ मोमो ब्राण्ड अहिले जनप्रिय भएको छ। चुनौतीलाई सम्भा- वनामा परिणत गर्न सक्नु नै जीवनको सार्थकता हो। चुनौती छै- न भने जीवनको आनन्द पनि त रहेन। जहाँ जहाँ वाउ मोमो को स्टोर रहेको छ त्यहाँ आफ्नै एउटै किचनबाट आपूर्ति गरिन्छ। वाउ मोमो देशकै एउटा प्रसिद्ध ब्राण्ड बनिसकेको छ। देशको कुना काप्चामा पुगेपछि नै विदेशमा खुट्टा राख्ने बिनोद हुमागाई को सोच रहेको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राज्यमा ६२ नयाँ कोरोना संक्रमित मामिला

गान्तोक, १९ सेप्टेम्बर २०२१। सिक्किममा गत २४ घण्टामा कोरोना संक्रमणको ६२ नयॉं मामिला अघि आएको छ भने कोरोनाको संक्रमणबाट आज कसैको मृत्यु...

बङगालमा आज कोरोनाको ६३५ नयाँ मामिला, ११ को मृत्यु

कोलकत्ता, १९ सेप्टेम्बर २०२१। राज्य स्वास्थ्य विभागको तर्फबाट जारी हेल्थ बुलेटिनअनुसार, गत २४ घण्टमा राज्यमा ६३५ जना कोरोना भाइरसले सङ्क्रमित भएको छ भने अर्कोतिर ११...

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

Recent Comments

Farindra on राेजगार