Tuesday, January 18, 2022
Home व्यापार-वाणिज्य वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान र प्रयासलाई सम्मान गर्न विशेष कार्यक्रम आयोजना गरेको थियो। यस कार्यक्रममा अन्य प्रमुख पार्टनरहरू जस्तै क्रिम्ज केक एण्ड मोर फूड (Kreamz Cake & more-food), कन्टेनर कबाब (Container Kebab-food), केएसएस (मनोरञ्जन- KSS The Originals-entertainment), टेरिकम एण्ड डिजिटल ब्रान्डज (Tericom and Digital Brandz) सोसियल मिडिया पार्टनरहरु थिए। कार्यक्रममा टलिउडका सेलिब्रेटीहरू, पत्रकारहरू र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। वाउ मोमोका सिटी प्रमुख सुनयन घोराईको भाषणपछि दिब्यांग कर्मचारीहरुलाई पुष्पगुच्छ, खाजाको प्याकेट र प्रशंसा स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।

घोराईले भने, “मलाई विश्वास लाग्दैन कि उनीहरू “भिन्न रूपमा” सक्षम छन्। उनीहरूको बारेमा “भिन्न” केही छैन। उनीहरूको कामको गुणस्तर र समर्पणको सन्दर्भमा उनीहरू हाम्रा अन्य कर्मचारीहरू जस्तै छन्। म उनीहरूलाई हाम्रो संगठनमा पाउँदा धेरै खुशी छु। आउँदो वर्षहरूमा वाउ! मोमोले एउटा आउटलेट शुरु गर्न चाहन्छ जुन पूर्णतया उनीहरूद्वारा सञ्चालित हुनेछ, कर्मचारीदेखि प्रबन्धकहरूसम्म रहने छन्। हामी त्यो सपना छिट्टै पूरा गर्ने आशा गर्छौं।’’

वाउ! मोमो (Wow! Momo) को बारेमा  

वाउ! मोमो (WOW Momo) कोलकातामा मुख्यालय रहेको फास्ट फूड रेस्टुरेन्टहरूको भारतीय चेन  हो। यो चेन मोमो, मोमोले भरिएको बर्गर (MoBurgs) र मोमोमा आधारित डेसर्टहरूमा विशेषज्ञता प्रदान गर्दछ। यसको स्थापना सन् २००८ मा सन्त जेभियर्स कलेजका अल्मुनाइ सागर दरयानी र बिनोद होमगाईले गरेका हुन्l मार्च २०२१ सम्ममा भारतका १७ शहरहरूमा यसका करिब ३५० आउटलेटहरू छन्। कम्पनीले केही वर्षमै आइपीओ ल्याउने लक्ष्य राखेको छ र विश्वव्यापी रूपमा स्थान बनाउने योजना बनाएको छ। वाउ! मोमो फूड्स (Wow Momo Foods) सन् २०२१ मा भारतको सबैभन्दा मूल्यवान स्वदेशी क्युएसआर (QSR) ब्रान्डको रूपमा खडा भएको छ जसको मूल्य रु. १,२२५ करोड रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बलिउड फिल्ममा खलनायकको अमिट छाप बसाल्ने लोकप्रिय अभिनेता ‘डेनी’

मुम्बई: बलिउड फिल्महरू खलनायक बिना अधुरो मानिन्छ र यो चलन ६० को दशकदेखि चल्दै आएको छ। खासगरी ८० र ९० को दशकमा...

नागरिकता अधिनियम लागु गर्ने मागमा पार्टीसित क्षुब्ध भाजपा नेता

कोलकता। राज्य विधानसभा चुनावमा कड़ा प्रतिस्पर्दापछि भाजपाको असुविधा कम हुने नाम लिइरहेको छैन। अब पार्टीबाट क्षुब्ध मतुआ समुदायको वरिष्ठ नेता आफ्नो केन्द्र...

कालेबुङ क्षेत्रको बेग्लाबेग्लै ठाउँमा २ वटा घर जलेर खरानी

  कालेबुङ: कालेबुङ ग्राम पञ्चायत अधिनस्थ ८ माइल नर्सरी गाउँ निवासी अम्बर बहादुर छेत्रीको घर राती २ बजे  आगलागी हुँदा खरानी भएको छ।...

बागडोगरा हवाईअड्डा १४ दिन बन्द हुने

सिलगढी: बागडोगरा हवाईअड्डा यस वर्ष अप्रेलमा पर्यटकीय सिजनको बीचमा १४  दिनका लागि बन्द हुनेछ। बागडोगरा विमानस्थलको रनवे पुन:र्सतहीकरण (सरफेसिङ) को कामका...

Recent Comments

Farindra on राेजगार