गान्तोक: विद्या भारती अखिल भारतीय शिक्षा संस्थानले देशभरि भारत केन्द्रित शिक्षा, भारतीय ज्ञान परम्परा, खेलकुद, विज्ञान, वातावरण र संस्कृतियुक्त शिक्षाजस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यसअन्तर्गत, संस्थाको शिशु मन्दिर मार्फत, उत्कृष्ट विद्यालयहरू तयार गरेर शिक्षा क्षेत्रलाई समय सापेक्ष रूपान्तरण र अनुकूलित गर्ने तयारी गरिरहेको छ। यसको उद्देश्य राम्रो मानसिक शिक्षा विकास गर्नु रहेको छ। यो कार्य विद्या भारती सिक्किमको प्रान्तीय समितिअन्तर्गत सिक्किम र दार्जीलिङ कालेबुङ पहाडी क्षेत्रहरूमा सरस्वती शिशु मन्दिर र विद्या निकेतनमार्फत भइरहेको जानकारी दिइएको छ। किताबी ज्ञानसँगै संस्कृति, सेवा भावना, शारीरिक, मानसिक, आध्यात्मिक र क्षमता विकास रहेका छन्। यसका लागि विद्यालयमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। गान्तोक जिल्लाअन्तर्गत सामदोङस्थित सरस्वती विद्या निकेतनमा विद्या भारतीद्वारा आयोजित आचार्य संस्कृति ज्ञान परीक्षामा उत्तीर्ण आचार्यहरूलाई प्रमाणपत्र वितरण गरियो।