Tuesday, January 18, 2022
Home राष्ट्रिय स्वतन्त्र भारतमा पहिलोपल्ट महिला कैदीलाई फाँसी दिने तयारी हुँदैछ

स्वतन्त्र भारतमा पहिलोपल्ट महिला कैदीलाई फाँसी दिने तयारी हुँदैछ

नयाँ दिल्ली, १७ फरवरी २०२१: स्वतन्त्र भारतको इतिहासमा पहिलोपल्ट कुनै महिला कैदीलाई फाँसी दिने तयारी भइरहेको छl उत्तर प्रदेशको मथुरास्थित अमरोहाको फाँसीघरमा वाली शबनमलाई मृत्युदण्डको सजाय दिइएको छ। निर्भयाका आरोपीहरुलाई फाँसीमा झुड्याउने मेरठ निवासी पवन जल्लादले दुईपल्ट फाँसीघरमा निरीक्षण गरिसकेका छन् भने अहिलेसम्ममा फांसीको तारीख  तय गरिएको छैन।
अमरोहा निवासी वाली शबनमले अप्रील २००८ मा प्रेमीसित मिलेर आफ्ना सात परिजनहरुको निर्मम हत्या गरेकी थिइन्। यस मामलामा सर्वोच्च अदालतले शबनमको फांसीको सजाय यथावत राखेको छ भने राष्ट्रपतिले पनि उसको दया याचिका खारेज गरेका छन्।
स्वतन्त्र भारतमा आजसम्म कुनै महिलालाई फाँसी दिएको थिए
उल्लेखनीय छ, मथुरा जेलमा १५० वर्ष अघि महिला फाँसीघर बनाइएको थियो। तर भारत स्वाधीन भएपछि आजसम्म कुनै महिलालाई फाँसी दिएको थिएन। वरिष्ठ जेल अधीक्षक शैलेन्द्रकुमार मैत्रेयले भने, ‘अहिले फांसीको तारीख तय गरिएको छैन। तर हामीले तयारी शुरू गरेका छौँ।’ डेथ वारंट जारी हुने साथ शबनमलाई फाँसी दिइने छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बलिउड फिल्ममा खलनायकको अमिट छाप बसाल्ने लोकप्रिय अभिनेता ‘डेनी’

मुम्बई: बलिउड फिल्महरू खलनायक बिना अधुरो मानिन्छ र यो चलन ६० को दशकदेखि चल्दै आएको छ। खासगरी ८० र ९० को दशकमा...

नागरिकता अधिनियम लागु गर्ने मागमा पार्टीसित क्षुब्ध भाजपा नेता

कोलकता। राज्य विधानसभा चुनावमा कड़ा प्रतिस्पर्दापछि भाजपाको असुविधा कम हुने नाम लिइरहेको छैन। अब पार्टीबाट क्षुब्ध मतुआ समुदायको वरिष्ठ नेता आफ्नो केन्द्र...

कालेबुङ क्षेत्रको बेग्लाबेग्लै ठाउँमा २ वटा घर जलेर खरानी

  कालेबुङ: कालेबुङ ग्राम पञ्चायत अधिनस्थ ८ माइल नर्सरी गाउँ निवासी अम्बर बहादुर छेत्रीको घर राती २ बजे  आगलागी हुँदा खरानी भएको छ।...

बागडोगरा हवाईअड्डा १४ दिन बन्द हुने

सिलगढी: बागडोगरा हवाईअड्डा यस वर्ष अप्रेलमा पर्यटकीय सिजनको बीचमा १४  दिनका लागि बन्द हुनेछ। बागडोगरा विमानस्थलको रनवे पुन:र्सतहीकरण (सरफेसिङ) को कामका...

Recent Comments

Farindra on राेजगार