Sunday, September 19, 2021
Home राष्ट्रिय रिया चक्रवर्तीलाई सेप्टेम्बर २२ सम्मका लागि न्यायिक हिरासत पठाइयो

रिया चक्रवर्तीलाई सेप्टेम्बर २२ सम्मका लागि न्यायिक हिरासत पठाइयो

अदालतले रिया चक्रवर्तीको जमानत याचिका खारेज गरी २२ सेप्टेम्बरसम्मका लागि न्यायिक हिरासत पठाएको छ। नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)- ले मङ्गलवार अभिनेत्री रिया चक्रवर्तीलाई उनको ‘लाइभ इन पार्टनर’ सुशांत सिंह राजपूतको मृत्यु सम्बन्धी ड्रग्स केसमा तीन दिन सोधपुछ गरेपछि पक्राउ गर्‍यो। रियालाई मुम्बईको अतिरिक्त मुख्य न्यायिक मजिस्ट्रेटको अदालतमा एक चिकित्सकीय परीक्षणपछि भिडियो लिङ्क मार्फत पेश गरिएको थियो। अदालतले रिया चक्रवर्तीको जमानत याचिका खारेज गरी २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा पठाएको छ। एनसीबीले दावी गरे अनुसार रिया ड्रग्स सिन्डिकेटकी “सक्रिय सदस्य” थिइन् र अभिनेता सुशांत सिंह राजपूतका लागी ड्रग्स किन्थे।
केससँग सम्बन्धित महत्त्वपूर्ण जानकारी:
अदालतले रियाको जमानत याचिका खारेज गर्दै २२ सेप्टेम्बरसम्मका लागि तिनलाई न्यायिक हिरासतमा पठाएको छ, एनसीबीले बताए अऩुसार अबउपरान्त तिनलाई थप केरकार गर्ने आवश्यकता छैन किनभने उनलाई अगावै तीन दिनसम्म सोधपुछ गरिसकेको छ। रियाका वकिल सतीश मनासिन्देले बताए, उनी रियाको जमानतका लागि सेसन कोर्टको ढोका ढकढकाउने छन्।
एनसीबीका उप निर्देशक केपीएस मल्होत्राले बताए, “रियालाई एनडीपीएसको धारा २७ ए, २१, २२, २९ र २८ अन्तर्गत पक्राउ गरिएको छ”। पक्राउपछि रियाको कोभिड-१९ जाँच गरिएको थियो जसको रिपोर्ट नेगेटिभ आएको छ।
उनलाई मङ्गलवार साँझ लगभग ७.१५ बजे एनसीबी कार्यालय लगिएको थियो जहाँ उनलाई भिडियो कन्फरेन्स मार्फत अदालतमा हाजिर गरियो।
पत्रकारहरूसित कुराकानी गर्दै दक्षिण पश्चिम क्षेत्रका एनसीबीका उप महानिदेशक एम अशोक जैनले बताए, केन्द्रीय एजेन्सीसँग उनको पक्राउको पर्याप्त प्रमाण छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

सीबीआईद्वारा मन्त्री मानस भुइयांलाई नोटिस

कोलकाताl चिटफण्ड घोटालामा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले सोधपुछको निम्ति टीएमसीका अझ एकजना मन्त्री मानस भुइयांलाई नोटिस पठाएको छ। उनलाई सोमबार सीजीओ...

Recent Comments

Farindra on राेजगार