Tuesday, January 18, 2022
Home राष्ट्रिय ‘रिपब्लिक टीभी'को एडिटर इन चीफ अर्नब गोस्वामी गिरफ्तार

‘रिपब्लिक टीभी’को एडिटर इन चीफ अर्नब गोस्वामी गिरफ्तार

‘रिपब्लिक टीभी’को एडिटर इन चीफ अर्नब गोस्वामीलाई को ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई कथित रूपमा आत्महत्या गर्न उक्साएको मामलामा बुधबार गिरफ्तार गरेको छl गोस्वामीले आफुलाई पुलिसले उनको घरमा दुर्व्यवहार गरेको बताएका छन्l उनलाई सन् २०१८ को मामलामा गिरफ्तार गरिएको होl सन् २०१८ को मई महिनामा इन्टेरियर डिजायनर अन्वय नाइक र उनकी आमा कुमुद नाईकले अलीबागस्थित निजी घर आत्महत्या गरेका थिएl आत्महत्या गर्न अघि अन्वयले आत्महत्याको नोट छोडेका थिए, जसमा उनले आफ्नो मृत्युको जिम्मेदार तीनजनालाई ठहराएका थिए जसमा एउटा नाम अर्नब गोस्वामी को पनि थियोl आरोपअनुसार अर्नबले कार्यालयमा काम गराएपछि ८३ लाख फिएका थिएनन्l पुलिसले आत्महत्याको मामला दायर गरेर जाँच शुरू गरे पनि पछिबात मामला बन्द गरेको थियोl राज्यमा सरकार परिवर्तन भएपछि पीड़ित परिवारले फेरी एकपल्ट मुद्दा उठाउँदै न्याय समक्ष गुहार लगाएको थियोl मई महिनामा गृहमन्त्री अनिल देशमुखले जाँचको जिम्मेदारी सीआईडीलाई सुम्पिएको थियोl यसै मामला बुधबार बिहान अलीबाग पुलिस अर्नब गोस्वामीको घरमा पुगेर हिरासतमा लियोl पुलिसअनुसार मामलामा अझ दुईजनालाई हिरासतमा लिएको छl नितेश सारडा जसमाथि आत्महत्याको नोटमा ५५ लाख रुपियाँ बाँकी रहेको आरोप छ अनि अर्को फिरोज शेखमाथि ४ करोड़ रुपियाँ बाँकी रहेको आरोप रहेको छl सरकारमा सामेल कांग्रेस, एनसीपी र शिवसेनाले गिरफ्तारीलाई स्वागत जनाएको छ भने बीजेपीले यसलाई तानाशाही बताएको छl आरोपअनुसार सुशांत सिंह राजपूतको सन्देहजनक मृत्युलाई अर्नबले मुद्दा बनाए मुम्बई पुलिस र ठाकरे सरकारलाई घेर्न शुरू गरेका थिएl यसैले बदलाको भावना लिएर सरकारले यो कारवाही गरेको बताइएको छl

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बलिउड फिल्ममा खलनायकको अमिट छाप बसाल्ने लोकप्रिय अभिनेता ‘डेनी’

मुम्बई: बलिउड फिल्महरू खलनायक बिना अधुरो मानिन्छ र यो चलन ६० को दशकदेखि चल्दै आएको छ। खासगरी ८० र ९० को दशकमा...

नागरिकता अधिनियम लागु गर्ने मागमा पार्टीसित क्षुब्ध भाजपा नेता

कोलकता। राज्य विधानसभा चुनावमा कड़ा प्रतिस्पर्दापछि भाजपाको असुविधा कम हुने नाम लिइरहेको छैन। अब पार्टीबाट क्षुब्ध मतुआ समुदायको वरिष्ठ नेता आफ्नो केन्द्र...

कालेबुङ क्षेत्रको बेग्लाबेग्लै ठाउँमा २ वटा घर जलेर खरानी

  कालेबुङ: कालेबुङ ग्राम पञ्चायत अधिनस्थ ८ माइल नर्सरी गाउँ निवासी अम्बर बहादुर छेत्रीको घर राती २ बजे  आगलागी हुँदा खरानी भएको छ।...

बागडोगरा हवाईअड्डा १४ दिन बन्द हुने

सिलगढी: बागडोगरा हवाईअड्डा यस वर्ष अप्रेलमा पर्यटकीय सिजनको बीचमा १४  दिनका लागि बन्द हुनेछ। बागडोगरा विमानस्थलको रनवे पुन:र्सतहीकरण (सरफेसिङ) को कामका...

Recent Comments

Farindra on राेजगार