Thursday, August 5, 2021
Home राष्ट्रिय भारतीय राजदूतद्वारा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता

भारतीय राजदूतद्वारा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता

काठमाडौँ, २१ जुलाई २०२१: नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा लाई फोन गरेर बधाइ दिएको भोलिपल्ट मङ्गलबार राजदूत क्वात्रा प्रचण्ड निवास खुमलटार पुगेका थिए।
प्रचण्डले बुधबार स्थायी कमिटी सदस्यहरूलाई सुनाएअनुसार भेटमा राजदूत क्वात्राले जो सरकारमा आए पनि राम्रो सम्बन्ध कायम गरेर अघि बढ्ने बताएका थिए। प्रधानमन्त्री मोदीले आ- फ्ना नेपाली समकक्षीलाई फोन गरेर पनि भनिसकेको भन्दै उनले केही ग्याप भए हटाउनुपर्नेमा जोड दिएका थिए।
माओवादी उच्च स्रोतले बताएअनुसार भेटमा राजदूत क्वात्राले खुलेर संवाद गरेका थिएनन्। भारत र माओवादी नेतृत्वबीच अझै चिसोपन रहेको उनले सुनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

Recent Comments

Farindra on राेजगार