Thursday, August 5, 2021
Home राष्ट्रिय प्रेम शुक्ला र शाजिया इल्मी भाजपाको राष्ट्रिय प्रवक्ता नियुक्त

प्रेम शुक्ला र शाजिया इल्मी भाजपाको राष्ट्रिय प्रवक्ता नियुक्त

नयाँ दिल्ली, २१ जुलाई २०२१: भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाले प्रेम शुक्ला र शाजिया इल्मीलाई राष्ट्रिय प्रवक्ता नियुक्त गरेका छन्। भाजपा महासचिव अरूण सिंहले बुधबार एक विज्ञप्ती जारी गरी भनेका छन्, ‘प्रेम शुक्ला (मुम्बई) र शाजिया इल्मी (दिल्ली) लाई भारतीय जनता पार्टीको राष्ट्रिय प्रवक्ता नियुक्त गरिएको छ। यो नियुक्ति तत्काल प्रभावले लागू गरिएको छ’। भाजपा नेता प्रेम शुक्ला मीडिया डिबेटमा पार्टीको प्रतिनिधित्व गर्दै आईरहेका छन् भने शाजिया इल्मी भाजपा दिल्ली प्रदेशको प्रवक्ता रहेकी छन्। नयाँ दायित्व पाये पछि अब दुवै नेताले भाजपा राष्ट्रिय प्रवक्ताको रूपमा मीडियामा पार्टीको पक्ष राख्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एय- रहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए।...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार