Sunday, September 19, 2021
Home राष्ट्रिय पहिलोपल्ट भारतमा नेपाली डिप्लोमा र सर्टिफिकेट कोर्स प्रारम्भ हुने भयो

पहिलोपल्ट भारतमा नेपाली डिप्लोमा र सर्टिफिकेट कोर्स प्रारम्भ हुने भयो

भारतमा पहिलोपल्ट एक वर्षे Diploma Course in Nepali र छ महिने Certificate Course in Nepali प्रारम्भ गर्न सन् २००५ मा स्थापना भएको उत्तराखण्ड मुक्त विश्वविद्यालय, नैनितालका उपकुलपति प्रोफेसर ओम प्रकाश सिंह नेगीको समर्थनमा एकाडेमिक काउन्सिलले निर्णय लिई पाठ्यसामग्री तयार पार्न उत्तराखण्ड मुक्त विश्वविद्यालयको पी.आर.ओ डा राकेश रायललाई जिम्मावारी दिएको छ। डा रायलले प्रस्तावक डा खगेन शर्मासित सम्पर्कमा रही सो कार्य सम्पादन गर्दै छन्। आउँदो वर्ष २०२१ बाट गडवाली र कुमाउनी भाषाका साथै नेपाली भाषाका यी दुइटै पाठ्यक्रम प्रारम्भ हुने भनिएको छ। असम नेपाली साहित्य सभा (गुवाहाटी)को भएर लकडाउनभित्रै डा खगेन शर्माको पहलमा यो कार्य यहाँसम्म आइपुगेको जानकारी छ। यसका लागि पछिल्लो समयमा श्रीमान् बालकृष्ण आचार्यको पनि सहयोग प्राप्य भएको छ।
खास गरी उत्तराखण्ड तथा यसका छेउछाउका नेपालीभाषीले अबउसो आफ्नो भाषा, साहित्य र संस्कृति शुद्ध तरिकाले औपचारिक रूपमा पढ्न पाउने भए। भविष्यमा हाइस्कुल तहमा पनि नेपाली भाषा लागू भएको खण्डमा यो चार सय नम्बरको नेपाली डिप्लोमा प्रमाणपत्रले सहयोग गर्ने छ। कक्षा १२ र स्नातक उत्तीर्ण कुनै उमेरकाले पनि यी कोर्स पढ्न सक्छन्। यसमा एडमिसन गर्दा के फाइदा हुन्छ भने पाठ्यसमाग्री पनि सबै पाइन्छ, अन्त किन्नु पर्दैन, परीक्षा पनि एकै हप्ताहमा समाप्त हुन्छ। यसको स्टाडी सेन्टरमा वा अनलाइन एडमिसन गर्दा हुन्छ। नेपाली भाषा, साहित्य र संस्कृतिसित औपचारिक रूपमा परिचित भएपछि साहित्य चर्चा र सेवा गर्ने परिवेश थप अनुकूल हुन्छ। सरकारी तहबाट भाषा पढ्न पाउनु हक-अधिकार हो। विश्वविद्यालयले आफ्नो कार्य गर्दै छ अब आउदा दिनमा राज्य सरकारले दुइटा पोस्ट सेङ्सन गरिद्नु छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

सीबीआईद्वारा मन्त्री मानस भुइयांलाई नोटिस

कोलकाताl चिटफण्ड घोटालामा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले सोधपुछको निम्ति टीएमसीका अझ एकजना मन्त्री मानस भुइयांलाई नोटिस पठाएको छ। उनलाई सोमबार सीजीओ...

कोभिड नेपाल: देशमा कोरोनाको ७३४ नयाँ मामिला

काठमाडौं, १९ सेप्टेम्बर २०२१। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरे अनुसार, पछिल्लो २४ घण्टमा थप ७३४ जना कोरोना भाइरसले सङ्क्रमित भाएका छन् भने यसरोगले १२...

Recent Comments

Farindra on राेजगार