Thursday, October 21, 2021
Home राष्ट्रिय पंजाबका नयाँ मुख्यमन्त्री बने दलित नेता चरणजीत चन्नी

पंजाबका नयाँ मुख्यमन्त्री बने दलित नेता चरणजीत चन्नी

सोमबार बिहान ११ बजे हुनेछ शपथ ग्रहण

नयाँ दिल्लीl क्याप्टन अमरिन्दर सिंहले राजीनामा दिएको २४ घण्टापछि आखिरमा पंजाबको नयाँ मुख्यमन्त्रीको नाम तय भएको छ। कांग्रेसक दलित नेता चरणजीत सिंह चन्नी पंजाबको नयाँ मुख्यमन्त्री हुनेछन्। पार्टीका प्रभारी हरीश रावतले ट्वीटद्वारा चन्नीलाई कांग्रेस विधायक दलको नेता चयन गरेको जानकारी दिएको छ। चन्नी रामदासिया सिख समुद्यका हुन्। प्राप्त जानकारीअनुसार सुखजिन्दर रंधावा र ब्रह्म मोहिन्द्रालाई उप मुख्यमन्त्री बनाइने छ। चन्नीलाई कांग्रेस विधायक दलको नेता चुनेपछि कांग्रेसका प्रभारी हरीश रावतले उनलाई लिएर राज्यपालकहाँ गए। नवजोत सिंह सिद्धू र सुखजिन्दर सिंह रंधावा पनि उनका साथमा गए। यस भेटघाट पछि चरणजीत चन्नीले सोमबार बिहान ११ बजे शपथ गर्ने बताएका छन्।

चरणजीचरणजीत सिंह चन्नी चमकौर साहिबबाट लगातार तीनपल्ट विधायक बनेका छन्। उनले सन् २००७ मा निर्दलीय चुनाव जितेका थिए। यसपछि दुईपलता कांग्रेसको टिकटबाट विधायक बने। सन् २०१५ देखि सन् २०१६ देखि पंजाब विधानसभामा विपक्षक नेता थिए। सन् २०१७ मा क्याप्टन अमरिन्दर सिंहको सरकारमा उनी टेक्निकल एजुकेशन अनि इंडस्ट्रियल ट्रेनिंग मन्त्री बनेका थिए। अमरिन्दर सिंहविरुद्ध अगस्तमा भएको विद्रोहमा अगुवाई गर्नेमा उनी  चन्नी प्रमुख थिए। उनले भनेका थिए, ‘पंजाबको मुद्दा समाधान गर्नको निम्ति हामीलाई  अमरिन्दरमाथि भरोसा भएनl’


Harish Rawat@harishrawatcmukIt gives me immense pleasure to announce that Sh. #CharanjitSinghChanni has been unanimously elected as the Leader of the Congress Legislature Party of Punjab. @INCIndia@RahulGandhi@INCPunjab12:06 AM · Sep 19, 2021·Twitter for Android1,357 Retweets296 Quote Tweets6,056 Likes

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मुख्यमन्त्री २४ अक्टोबर चार दिवसीय भ्रमणमा सिलगढी आउने

कोलकता। सिलगढी अनि पहाडमा बर्षाले भएको नोक्सानको जायजा लिन मुख्यमन्त्री ममता ब्यानर्जी आगामी २४ अक्टोबरको दिन चार दिवसीय भ्रमणमा सिलगढी अनि खरसाङ...

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

Recent Comments

Farindra on राेजगार