Thursday, October 21, 2021
Home राष्ट्रिय डाक विभागद्वारा 'लासलगाउँ प्याज' मा लिफाफा जारी

डाक विभागद्वारा ‘लासलगाउँ प्याज’ मा लिफाफा जारी

मुम्बईl महाराष्ट्रको नासिक जिल्लाको लासलगाउँलाई सम्मान दिनको निम्ति डाक विभागले ‘लासलगाउँ प्याज’ मा लिफाफा जारी गरेको छ। लासलगाउँलाई एशियाको सबैभन्दा ठूलो प्याज मण्डीको रूपमा चिनिन्छ। डाक विभागको लासलगाउँ कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा ‘लासलगाउँ प्याज’ मा लिफाफा जारी गरेको हो। डाक विभागको मालेगाउँ डिभिजनका डाक अधिक्षक नितिन येवलाले जानकारी गराएका छन्l नासिक जिल्लाका प्रमुख फसलहरूमा प्याज पनि सामेल छ।

भारतीयहरूको रोजमर्राको भोजनमा नूनपछि प्याज कै नम्बर आउँछ। लासलगाउँको प्याजको पक्रार उत्तम हुन्छ। यसले गर्दा लासलगाउँ प्याज मण्डीको रूपमा आफ्नो अलग पहिचान बनाइसकेको छ। लासलगाउँको यस पहिचानलाई साँच्ने उद्देश्यले भारतीय डाक विभागले यो लिफाफा जारी गरेको छ। यस अवसरमा कृषि उपज बजार समिति (एपीएमसी) र किसान यूनियनसित जुड़ेका सबै प्रमुख व्यक्तिगण उपस्थित थिए। डाक विभागको यस पहलमा आफ्नो विचार साझा गर्दै स्थानीय एपीएमसीका चेयरम्यान सुवर्णा जगतापले भनिन्, ‘डाक विभागद्वारा लालसगाउँ प्याजमा जारी लिफाफाले क्षेत्रका किसानहरूमा अभियान जगाएको छ’।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मुख्यमन्त्री २४ अक्टोबर चार दिवसीय भ्रमणमा सिलगढी आउने

कोलकता। सिलगढी अनि पहाडमा बर्षाले भएको नोक्सानको जायजा लिन मुख्यमन्त्री ममता ब्यानर्जी आगामी २४ अक्टोबरको दिन चार दिवसीय भ्रमणमा सिलगढी अनि खरसाङ...

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

Recent Comments

Farindra on राेजगार