मुख्यमन्त्रीले जनाए छठ पूजा र महायज्ञमा सहभागिता

n5579164621700405225072160fc316f72b1a719ace6ca29a23a0a333651ca42306d155be7e6d04ff1490cf.jpg

Loading

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज रम्फूमा आयोजित छठ पूजामा अंशग्रहण गरे। यसरी नै उनले रम्फूमा गत ४ अक्टोबरको दिन प्रकृतिक प्रकोपमा परि मृत्यु हुनेहरूको निम्ति आयोजना गरिएक महायज्ञमा पनि सहभागिता जनाए। अखिल सिक्किम पुरोहित पण्डित परिषदद्वारा रम्फूस्थित आइबीएममा आयोजना गरिएको एक दिवसीय महायज्ञमा मुख्यमन्त्री प्रेम सिंह तामाङ स्वयं उपस्थित रहेका थिए। उल्लेखनीय छ, गत ४ अक्टोबरको दिन उत्तर जिल्लाको लोनार्क झील परिसरमा बादल फाटेपछि त्यसको प्रभाव सिक्किम लगायत पश्चिम बंगालमा पनि देखापरेको थियो। विशेष गरेर बादल फाटेपछि झीलको पानी बगेर टिस्टा नदीमा मिसिन्दा टिस्टा नदीले उग्ररूपमा लिएको थियो,जसको कारण धेरै धनजनको क्षति भएको थियो। यस महायज्ञमा राज्यभरिका पण्डितहरूले सहभागिता जनाएका थिए। प्रकृतिक प्रकोपमा परि मृत्यु हुनेहरूको आत्मले शान्ति पाउन भन्ने उद्देश्यले एक दिवसीय महायज्ञको आयोजना गरिएको हो। प्रकृतिक प्रकोपमा परि मृत्यु हुनेहरूको आत्मले शान्ति पावोस् भनि आयोजना गरिएको यस प्रकारको कार्यको उनले प्रशंसा गरे। विशेष गरेर राज्यका पण्डितहरूको पहलमा आयोजना गरिएको यो महायज्ञको उनले सराहनीय गर्दै धन्यवाद दिए।

उनले संस्कृत शिक्षकहरूको वेतन राज्यका तदर्थ शिक्षकहरूको वेतन बढाउने हालै लिएको निर्णयलाई समर्थन गर्दै पण्डितहरूले मुख्यमन्त्रीप्रति आभार प्रकट गरेका छन्। यसरी नै सिक्किम बिहारी जागरण मञ्चद्वारा आयोजना गरिएको छठ पूजामा सहभागिता जनाएकोमा संस्थाले मुख्यमन्त्रीलाई धन्यवाद दिँदै आभार प्रकट गरेको छ।

About Author

Advertisement