मुख्यमन्त्री आउन अघि उठ्यो अलग कामतापुर राज्यको दाबी

IMG-20220601-WA0005.jpg

Loading

कालचिनी। आगामी ७ जुनको दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी अलिपुरद्वारको एउटा कर्मीसभामा आईपुग्ने सुनिश्चित भएको छ तर मुख्यमन्त्रीको भ्रमण अघि नै आज कामतापुर प्रोगेसिभ पार्टीको पक्षबाट अलिपुरद्वार सहरमा अलग कामतापुर राज्यको गठनको दाबी अघि सारेर वृहत ऱ्यालीको आयोजना गरेको देखियो।
अलिपुरद्वार सहरको बीएमसी मैदानबाट सहरको परिक्रमा गर्दै निस्किएको केपीपीको विक्षोभ ऱ्याली अन्ततः अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्या अघि आएर थामिएको थियो भने अलग राज्य कामतापुरको दाबी गर्दै विक्षोभ प्रदर्शन गरिएको थियो।
कामतापुर प्रोगेसिभ पार्टीको पक्षबाट अलिपुरद्वार जिल्ला शासक मार्फत देशको प्रधानमन्त्री समक्ष अलग कामतापुर राज्यको शीघ्र गठनको दाबी सह १४ बुँदे ज्ञापन सुम्पिएको केपीपी सभापति अधीर रायले जनाएका छन्।
भारत स्वाधीन भएको ७५ बर्ष नाघ्दा पनि आजसम्म कामतापुरीहरूको सर्वाङ्गीन विकास नभएको र यो दाबी धेरै पुरानो रहेको र अलग राज्य सम्बन्धमा राज्य सरकारको केही भूमिका नरहेकोले केन्द्र सरकारले चाहे यसलाई गर्न सक्ने भएकोले कामतापुर प्रोगेसिभ पार्टीको पक्षबाट आज अलिपुरद्वार जिल्ला शासक मार्फत देशको प्रधानमन्त्रीलाई ज्ञापन पठाएको केपीपी सभापति अधीर रायले जनाएका छन्।
जबसम्म माग पुरा हुँदैनन तबसम्म यो दाबी रहने पनि कामतापुर प्रोगेसिभ पार्टीको सभापति अधीर राय महासचिव उत्तम बर्मन, केन्द्रिय सदस्य पुलिनचन्द्र राय र अलिपुरद्वार जिल्ला सभापति विश्वजीत दासले संयुक्त रुपमा जनाएका छन्।

About Author

Advertisement