महिलाको हत्या, जाँचमा जुट्यो पुलिस

00-1-Rajya-Samachar

Loading

गुवाहाटी: असम-मेघालयको सीमावर्ती क्षेत्र पन्द्र माइलमा एक महिलाको बड़ो निर्मम तरीकाले हत्या गरिएको मामिला अघि आएदेखि क्षेत्रमा सनसनी फैलेको छ। स्थानीय मानिसहरू अनुसार, सोनापुर थाना क्षेत्रको १५ माइल क्षेत्रमा एक महिलाको शव उसको घर बाहिर देखिएपछि घटनाको जानकारी तुरन्तै सोनापुर पुलिसलाई दिइयो।

सूचना पाउनसाथ घटनास्थलमा पगेको पुलिस टीमले मृत महिलाको शव आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति अस्पताल पठाएको छ। मृत महिलाको पहिचान रीता बोड़ोको रूपमा गरिएको छ। स्थानीय मानिसहरू अनुसार, मृत महिला रीता बोड़ोलाई बुधवार बिहान हसमत अली नाम गरेको युवकको साथ देखिएको थियो। जसपछि महिला मृत अवस्थामा फेला परिन्।

स्थानीय मानिसहरूले आशंका व्यक्त गर्दै भने, हसमतले नै महिलाको हत्या गरेको हो। घटनापछि हसमत घटनास्थलबाट भाग्यो। घटनास्थलमा पुगेको सोनापुर पुलिसले हसमतको मोबाइल ट्रेक गरी असमको कामरूप (ग्रामीण) जिल्लाको हाजो पुलिसको मद्दतले महिलाको हत्या मामिलामा उसलाई हिरासतमा लिएको छ। पुलिसले पूरा मामिलाको गम्भीरताले जाँच गर्दै प्राथमिकी दर्ता गरेको छ। पुलिस जाँचपछि नै महिलाको हत्या हसमतले किन गऱ्यो भनी स्पष्ट हुनेछ।

About Author

Advertisement