मणिपुर हिंसाको प्रतिवादमा मिरिकमा मौन जुलुस सम्पन्न

IMG-20230802-WA0301.jpg

Loading

मिरिक: मणिपुरमा जनजाति महिलाहरूमाथि भएको अत्याचार अनि जातीय हिंसाको प्रतिवाद गर्दै बुधबार मिरिकमा मौन जुलुस निकालियो। भारतीय गोर्खा प्रजातान्त्रिक माेर्चा अनि हिल तृणमूल कंग्रेसको संयुक्त आयोजनामा भएको विरोध रैलीमा हिल तृणमूल कंग्रेस चेयरम्यान एलबी राई, भारतीय गोर्खा प्रजातान्त्रिक माेर्चा नेता तथा पञ्चायत समिति सदस्यहरू समीर राई, बुद्ध लेप्चा, पञ्चायत सदस्यहरू दिमुक तामाङ, संगीत राई, विसम राई, देवेन राई, हिल टीएमसी युवा एकाईका जिल्ला संयोजक विकास सुब्बा, साङ्गे तामाङ, नारी शक्ति मिरिक महकुमा अध्यक्षा गणिता गुरूङ, नारी शक्ति २४ नम्बर समष्टि अध्यक्षा किरण भुटिया सुब्बा, आदिवासी महासंघका अध्यक्ष सत्य बराईक, विभिन्न संघ संस्थाका प्रतिनिधिगण लगायत पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। मिरिक बाईवासबाट शुरू भएको र्यालीले मिरिक बजार परिक्रमा गर्दै कृष्णनगरमा पुगेर पथसभामा परिणत भएको थियो। सभामा वक्ताहरूले केन्द्रमा रहेको भाजपा सरकारमाथि कटाक्ष कस्दै मणिपुरमा यथाशिघ्र शान्ति वहाली गर्नु पर्ने कुरोमा जोर दिए। उनीहरूले जनजाति नारीहरूमाथि भएको अत्यचार सहन नसक्ने बताउँदै न्यायको माग गरेका छन्।

About Author

Advertisement