भारतको अनुपस्थितिमा ४ मिलियन पाउण्डको नोक्सान हुने

IMG-20250312-WA0318

Loading

लण्डन: आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलमा भारतीय टीम नहुँदा लर्ड्सलाई जूनमा हुने यस आयोजनको निम्ति लगभग चार मिलियन पाउण्ड (लगभग ४५ करोड़ रुपियाँ) को नोक्सान हुने अनुमान छ। गत दुई सीजनमा उपविजेता रहने भारतले यसपाली फाइनलमा स्थान बनाउन सकेन। यसपाली फाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भिड़न्त हुनेछ। यसरी भारत कालीफाई गर्न असफल हुँदा आउँदो आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनलको निम्ति लर्ड्सलाई लगभग ४ मिलियन पाउण्ड कम्ती राजस्व प्राप्त हुनेछ। भारतको अनुपस्थितिले मेरिलबोन क्रिकेट क्लब (एमसीसी) – द्वारा अपेक्षित वित्तीय लाभलाई धेरै हदसम्म कम्ती गरिदिएको छ। यसले वैश्विक खेलमा भारतीय क्रिकेटको वित्तीय प्रभावलाई दर्शाउँछ। आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीपमा भारत गत वर्ष अधिकांश समय नै तालिकाको शीर्ष दुईमा कायम रहेको थियो तर पहिला न्यूजील्याण्डविरुद्ध घरेलु टेस्ट शृङ्खलामा ०-३-ले अनि पछिबाट अष्ट्रेलियाविरुद्ध बोर्डर गावस्कर ट्रफीमा पनि १-३-को हारले रोहित शर्माको कप्तानीमा रहने टीम फाइनलको रेसबाट बाहिर भएको थियो। भारत फाइनलमा पुग्ने अनुमानको साथ एमसीसी-ले मूल रूपले डब्ल्यूटीसी फाइनलको निम्ति टिकटहरूको अधिक मूल्य निर्धारित गरेको थियो। भारत फाइनलमा नपुग्ने तय भएपछि एमसीसी-ले पनि आफ्नो रणनीतिमा संशोधन गर्दै टिकटको मूल्य घटाएको छ। डब्ल्यूटीसी फाइनलको टिकटहरू अहिले ४० देखि ९० पाउण्डबीच बेचिंदैछ। यो मूल मूल्यभन्दा लगभग ५० पाउण्ड सस्तो हो। यसले राजस्वमा कमी आएको छ।

About Author

Advertisement