कोलकाता: केन्द्रीय अर्थ तथा कर्पोरेट मामिलामन्त्री श्रीमती निर्मला सीतारमनले आफ्नो केन्द्रीय बजेट २०२६ को भाषणमा जनाइन् कि विकसित भारत यङ लिडर्स डायलग २०२६ मा प्रस्तुत विभिन्न विचार र प्रस्तावहरूले यस वर्षको बजेटमा लिइएका केही महत्वपूर्ण नीतिगत निर्णयहरूमा प्रेरणा दिएको छ। उनले भनिन्, यसको माध्यमबाट सहभागी शासन, युवा नेतृत्वको विकास र समावेशी नीतिनिर्धारणमा केन्द्रीय सरकारको प्रतिबद्धता स्पष्ट रूपमा झल्किएको छ।
केन्द्रीय युवा तथा खेल मन्त्रालयको पहलमा आयोजित विकसित भारत यङ लिडर्स डायलग २०२६ मा देशभरका चयनित युवा प्रतिनिधिहरूले प्रधानमन्त्री र केन्द्रीय मन्त्रिपरिषद्का शीर्ष सदस्यहरू अगाडि आफ्नो नवीनतम तथा भविष्यमुखी सोच प्रस्तुत गरेका थिए। यी प्रस्तावहरूका धेरै पक्ष केन्द्रीय बजेट २०२६ मा समावेश भएका छन्, जसले भारतको विकासमा युवाहरूको बढ्दो सक्रिय सहभागिता प्रमाणित गर्छ।
राष्ट्रिय स्तरमा पश्चिम बंगाल प्रतिनिधित्व गरेका चयनित युवा नेताहरूमा पश्चिम बंगालबाट स्थान पाएका छन्- श्री रीतम भट्टाचार्य (माई भारत स्वयंसेवक) र श्री दीपायन सुन्दर घोष (माई भारत–एनएसएस स्वयंसेवक)।
१९ वर्षका श्री रीतम भट्टाचार्य हाल सेन्ट जेभियर्स विश्वविद्यालय, कोलकाता को जेभियर्स एल स्कुलमा बी.ए. एलएल.बी. (अनर्स) अध्ययनरत छन्। लगभग ३,००० सहभागीमध्ये शीर्ष २४ जना राष्ट्रिय प्रतिनिधिको रूपमा चयनित भई उनले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अगाडि “भविष्य–सञ्चालित कार्यशक्ति निर्माण” विषयमा आफ्नो सोच प्रस्तुत गरे। उनका प्रस्तावहरूको मुख्य विषयवस्तु थियो दक्षतामूलक शिक्षा प्रणाली, सृजनात्मक अर्थव्यवस्था, खेल आधारित पेशा, मानसिक स्वास्थ्य सुधारमा प्राथमिकता र राष्ट्रिय दक्षताभित्ता पहिचान ढाँचा निर्माण। यी विचारका धेरै पक्ष बजेट २०२६–२७ मा प्रतिबिम्बित भएका छन्, जसमध्ये शिक्षा–रोजगारी–उद्यम सम्बन्धी उच्च क्षमता समिति गठन, सहायक स्वास्थ्यकर्मी टोलीको विस्तार, एभीजीसी क्रिएटर ल्याब स्थापना, उद्योग क्यारिडोर नजिकै विश्वविद्यालय स्थापना, खेल इन्डिया मिशन सशक्तिकरण र मानसिक स्वास्थ्य पूर्वाधारको विकास समावेश छन्।
श्री भट्टाचार्य विकसित भारत युवा संसद २०२५ मा राज्यस्तरीय प्रतिनिधि, २०२६ को जिल्ला च्याम्पियन तथा युवा तथा खेल मन्त्रालयद्वारा मान्यता प्राप्त राष्ट्रिय युवा आइकन हुन्। संगीत, चलचित्र निर्माण, वक्तृत्व कला र संविधान सचेतना उनका सृजनात्मक गतिविधिहरूको महत्वपूर्ण अंश हुन्।
त्यस्तै, श्री दीपायन सुन्दर घोष भीबीवाइएलडी २०२६ को एलिट फाइनल कोहर्टमा चयनित पश्चिम बंगालका एकमात्र एनएसएस स्वयंसेवक हुन्। २५ जना राष्ट्रिय प्रतिनिधिहरू मध्ये एकको रूपमा उनले प्रधानमन्त्रीको अगाडि आफ्नो विचार प्रस्तुत गरे। “आत्मनिर्भर भारत: मेक इन इन्डिया, मेक फर द वर्ल्ड” शीर्षक प्रस्तावमा विशेष रूपमा उठेको विषयहरू छन्- विशेष आर्थिक क्षेत्रलाई सर्कुलर इन्डस्ट्रियल इकोसिस्टममा रूपान्तरण, परम्परागत उद्योग क्लस्टरहरूको पुन कार्यान्वयन गरियोस्।










