Thursday, August 5, 2021
Home प्रविधि शक्तिशाली ह्याकर गिरोहसित संलग्न वेबसाइट ‘अफलाइन’

शक्तिशाली ह्याकर गिरोहसित संलग्न वेबसाइट ‘अफलाइन’

१४ जुलाई २०२१: अमेरिकासहित विश्वका विभिन्न देशका सयौँ व्यवसायिक फर्ममा साइबर आक्रमणको अभियोग लागेको ह्या- कर समूहसँग सम्बन्धित वेबसाइट ‘अफलाइन’ भएको छ। साइबर आक्रमण समूह ‘रिभिल’(REvil)ले सञ्चालन गरेको भुक्तानी वेबसाइट र ब्लग मङ्गलबार अकश्मात पहुँच बाहिर गए को अनुगमनकर्ताले बताएका छन्। यी वेबसाइट पहुँच बाहिर अर्थात अफलाइन हुनेको कारण खुलेको छैन। तर, अधिकारी- हरुले नियतवस समूहमाथि आक्रमण गरेको हुनसक्ने आशंका भने बढेको छ।
रुस वा अमेरिकाका अधिकारीहरुले रिभिल समूहलाई निशाना बनाएको हुनसक्ने अनुमान लगाएको छ। अहिलेसम्म दुवै देश का अधिकारीहरुले यसबारे टिप्पणी नगरेको अन्तर्राष्ट्रिय स- ञ्चारमाध्यमले जनाएका छन्। विज्ञहरुका अनुसार यस्ता समूहहरु पहुँच बाहिर जानु जहिले पनि असामान्य हुनैपर्छ भन्ने छैन। अमेरिकाले साइबर आक्रमणलाई लिएर रुसलाई दबाब बढाइरहेका बेला यस्तो भएको हो। गएको शुक्रबार भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन संवादको क्रममा आफूले साइबर आक्रमणको कुरा उठाएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका थिए।
यस्तै गएको महिना जेनेभामा भएको दुई नेताबिचको भेटवा- र्तामा पनि साइबर आक्रमणको विषयले स्थान पाएको थियो। अमेरिकाको संघीय अनुसन्धान व्युरो (एफबिआइ) ले गएको महिना मासु आपूर्तिकर्ता जेबिएसमाथि भएको साइबर आक्रमणमा सोडिनोकिबीका नामले पनि परिचित रहेको रिभिलकै संलग्नता रहेको आरोप लगाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

इण्डिपेण्डेन्स डे फूटबलः मतिगढ़ा कमिश्नर फिटिज एफसीसीको रोमाञ्चक जीत

५ अगस्त २०२१: नेताजी युथ क्लब, सेभोक बजारको तत्त्वावधानमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टअन्तर्गत बुधवार खेलिएको म्याचमा रोमाञ्चक जीतको साथ मतिगढ़ा...

केन्द्रीय योजनाहरूमा मात्र राज्यका विपक्षी दलहरूले विरोध जनाएको डीबी चौहानको दावी

गान्तोक, ४ अगस्त २०२१: सिक्किम राज्यमा जब पन राष्ट्रीय योजनाहरू लागु हुन्छ तब राज्यका विपक्षी दलहरूले विरोध जनाउने चलन रहिआएको छ। धेरै...

Recent Comments

Farindra on राेजगार