Thursday, August 5, 2021
Home प्रविधि गुगललाई फ्रान्समा पाँच सय मिलियन युरोको जरिवाना

गुगललाई फ्रान्समा पाँच सय मिलियन युरोको जरिवाना

१३ जुलाई २०२१: फ्रान्सको एन्टि ट्रस्ट एजेन्सीले मङ्गलबार गुगलद्वारा एक आदेशको उल्लंघन गरेबापत ५०० मिलियन यूरो (५९२ मिलियन डलर) बराबरको जरिवाना लगाएको छ। समाचार संस्था एपीका अनुसार फ्रान्समा पछिल्लो केही समय देखि गूगल र फ्रान्सेली प्रकाशकहरुबिच एक विवाद जारी छ। जसमा फ्रान्सेली समाचार प्रदायक संस्थाहरु उनीहरुद्वारा प्रका- शित खबरहरु गुगलले प्रयोग गर्दा रकम भुक्तान गरोस् भन्ने चाहन्थे। यो जरिवाना लगाउनको साथै एजेन्सीले सूचना जारी गरेको छ की दुई महिनाभित्र गुगलले आफूले कसरी समाचार प्रदायक संस्थालाई भुक्तान गर्नेबारे जानकारी नदिएको खण्डमा उमाथि प्रतिदिन १० लाख अमेरिकी डलर बराबरको अतिरिक्त जरिवाना लाग्ने छ।
गुगलको फ्रान्स शाखाको एक बयानमा भनिएको छ की यो निर्णय धेरै नै निराशावादी छ। कम्पनीको अनुसार यो निर्णय माथि उल्लेख गरिएको कारणभन्दा भिन्न छ। गूगल फ्रान्सले यो समाधानको दिशामा जान प्रया गरिरहेको र केही प्रकाशकहरु सँग सम्झौता नजिकै पुग्न लागिसकेको जनाएको छ। तर, यो एउटा मात्र विषय हैन, यूरोपिय संघ चाहन्छ की गुगल लगायत अन्य सञ्जाल – फेसबुकलगायतले समाचार प्रदायक संस्थाको समाचारीय सामाग्री प्रयोग गरेबापत भुक्तानी गरोस्। फ्रान्सको एन्टी ट्रस्ट कम्पनीले वर्षको शुरुमा नै गुगललाई तीन महिनाभित्र समाचार प्रकाशनको साथ कुरा गर्न आदेश दिएको थियो। यही आदेशको उल्लंघन गरेको भएर जरिवाना लगाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

Recent Comments

Farindra on राेजगार