Thursday, August 5, 2021
Home प्रविधि एडवान्स फीचर्सले भरिएको टीभीएसको नयाँ इलेक्ट्रिक स्कूटर चाँड़ै लञ्च गरिने

एडवान्स फीचर्सले भरिएको टीभीएसको नयाँ इलेक्ट्रिक स्कूटर चाँड़ै लञ्च गरिने

नयाँ दिल्ली, २० जुलाई २०२१: देशमा इलेक्ट्रिक वाहनहरूको बढ़्दो मागलाई ध्यानमा राखेर यस क्षेत्रमा नयाँ खेलाड़ीहरूका एण्ट्रीको क्रम जारी छ। अब देशको प्रमुख दुईचक्के वाहन नि- र्माता कंपनी टीभीएस मोटर (TVS Motor) चाँड़ै आफ्नो नयाँ इलेक्ट्रिक स्कूटर क्रिऑन(Creon) लाई लञ्च गर्ने तयारी गरि रहेको छ। कम्पनीले अपकमिंग प्रीमियम इलेक्ट्रिक स्कूटर क्रिऑन कन्सेप्टमाथि आधारित हुने इशारा गरेको छ। यस ई-स्कूटरमा नयाँ एडभान्स्ड टेक्नोलजी र कनेक्टिविटी फीचर्स प्राप्त हुनेछ।

१,००० करोड़को निवेश:
टीभीएसले आफ्नो इलेक्ट्रिक व्हीकल पोर्टफोलियोलाई मजबूत गर्नको निम्ति १,००० करोड़ रुपियाँको निवेश गर्ने योजना बना- एको छ। टीभीएस क्रिऑन दुईचक्के वाहन निर्माता कंपनीको होसुर प्लांटमा बनाइनेछ। जहाँ कंपनीका ५०० भन्दा धेर इ- ञ्जीनियर, बाजारमा लञ्च गर्न अघि यस इलेक्ट्रिक स्कूटर लाई फाइनल शेप दिनमा जुटेका छन्। टीभीएसले साल २०१८ को अटो एक्सपो मा क्रिऑन कन्सेप्ट इलेक्ट्रिक स्कूटर लाई पहिलो पल्ट पेश गरेको थियो।

टप स्पीड र रेंज:
टीभीएस क्रिऑन मा एडभान्स लिथियम-आयन ब्याटरी दिइ- नेछ। यस ब्याटरीले १२ केडब्ल्यु(kW) को पावर जेनरेट गर्दछ। यसको सहायताले केवल ५.१ सेकेण्डमा ० देखि ६० किलोमी- टर प्रति घण्टाको गति हासिल गर्न सकिनेछ। एकपल्ट फुल चार्ज भएपछि यस इलेक्ट्रिक स्कूटरले ८० किलोमीटरसम्म को दूरी तय गर्न सक्ने टीभीएसले दावी गरेको छ।

ब्याटरी र चार्जिङ्ग:
यस स्कूटरमा फास्ट चार्जिङ्ग सिस्टम रहनेछ। फास्ट चार्जिङ्ग आउटलेट्स को माध्यमले यसको ब्याटरीलाई केवल १ घण्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ। हुन त यो कन्सेप्ट मोडल को आँकड़ा हो। यस स्कूटरलाई प्रोडक्शन वर्जनमा लञ्च गरिँ- दा यसमा अधिक ड्राइविङ्ग रेञ्ज देख्न पाइने सम्भावना छ।
एडवान्स फीचर्स:
यस इलेक्ट्रिक स्कूटरमा स्मार्टफोन चार्जर, टीएफटी स्क्रीन, पार्क असिस्ट, रीजनरेटिव ब्रेकिङ्ग जस्ता फीचर्स प्राप्त हुनेछ। यसबाहेक यसमा राइडिङ्ग मोड्स, जियोफेन्सिङ्ग र एण्टी-थेफ्ट सिस्टम जस्ता फीचर्स पनि प्राप्त हुने सम्भावना छ।

लञ्चिङ्ग र बिक्री:
टीभीएस क्रिऑन इलेक्ट्रिक स्कूटरलाई कम्पनीको वर्तमान इले- क्ट्रिक मोडल टीभीएस आईकयुब(iQube) भन्दा सामान्य माथि पोजिशन गरिने सम्भावना छ। एडवान्स फीचर्सले गर्दा यसको मूल्य आईकयुब भन्दा सामान्य अधिक हुनसक्छ। मीडिया रिपोर्ट अनुसार कम्पनीले टीभीएस क्रिऑन लाई आउँ- दो सालसम्म बजारमा उतार्न सक्छ।
कम्पनी टीभीएस आईकयुब इलेक्ट्रिक टू-व्हीलरलाई यस समय केवल बेंगलूरू, दिल्ली, पुणे, चेन्नई र कोयम्बटूर जस्ता थोरै शह- रहरूमा मात्र बिक्री गर्दछ। यसबीच टीभीएसको योजना आफ्नो इलेक्ट्रिक वाहनहरूलाई देश का अन्य हिस्साहरूमा पनि पुऱ्या- उने रहेको छ अनि कम्पनीले यसलाई अन्य शहरहरूमा पनि चाँड़ै लञ्च गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

Recent Comments

Farindra on राेजगार