Thursday, August 5, 2021
Home प्रविधि इलेक्ट्रिक गाडी उत्पादक नेपाली बजारमा बिक्री वितरण खुल्ला गर्ने घोषणा

इलेक्ट्रिक गाडी उत्पादक नेपाली बजारमा बिक्री वितरण खुल्ला गर्ने घोषणा

नयाँ दिल्ली, १८ जुलाई २०२१: भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिमार्फत् २८ जुलाई, नेक्सन ईभी सार्वजनिक गरी नेपाली बजारमा बिक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ। नेपालमा नेक्सन ईभी प्रति नेपालका उपभोक्ताहरूले अत्यन्त उत्सुकता दर्शाएका छन् र यस्तो आकर्षण दिन प्रतिदिन झन् बढ्दै छ। यही सन्दर्भमा पहिलो चरणमा बुकिङ्ग गरिसकेका केही ग्राहकहरूलाई २८ जुलाईदेखि नै र क्रमशः नेक्सन ईभीको विक्री वितरण गरिँदै जानेछ। कम्पनीले जनाएअनुसार १६६००१५५७७७ नम्वरमा कल गर्ने वा https://www.tatamotors.com.np/tata-nexon-ev/ वेवसाइटमा रजिष्टर गर्ने ग्राहकहरूले गाडीको खरिदमा विशेष प्राथमिकता पाउनेछन् । अत्याधुनिक जिप ट्रोन प्रविधियुक्त नेक्सन इभीको बनावट आकर्षक छ भने यसमा अन्त्यन्त सुरक्षित एवम् आरामदायी तवरले यात्रा गर्न सकिन्छ। त्यसैगरी लामो दूरीको यात्रा पनि सहजताका साथ गर्न सकिने नेक्सनको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिन्छ। सन् २०२० को जनवरीबाट भारतमा विक्री वितरण सुरु भएको नेक्सन ईभीले छोटो अवधिमा नै भारतीय इलेक्टि्रक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ। भारतमा लगभग ४५०० भन्दा धेरै परिवारहरूले रुचाएको यस गाडीले १८ वटा पुरस्कार जितिसकेको छ। त्यसैले नेक्सन ईभी सबैभन्दा बढी पुरस्कारहरू बाट सम्मानित भई अत्याधिक लोकप्रियता हासिल गर्न सफल ईभी भएको बताएको छ।
टाटा मोटर्सले नेपालमा इलेक्टि्रक गाडीको प्रभावकारी सञ्चा- लनको लागि पूर्ण ‘ईको सिस्टम’ विकास गर्ने लक्ष्य राखेको छ । यसको लागि कम्पनीले उत्कृष्ट इलेक्ट्रिक गाडी ल्याउनुका अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिङ सुविधाको लागि उच्चस्तरीय डीसी चार्जरको सुविधा प्रदान गर्नेछ। नेपालमा नेक्सन ईभी तीनवटा मोडेलमा उपलब्ध हुनेछ। यसको ब्याट्रीमा ८ वर्ष वा एक लाख साठ्ठी हजार किलोमिटर (जुन पहिला आउँछ ) र गाडीमा तीन वर्ष वा एक लाख पच्चिस हजार किलोमिटर (जुन पहिला आउँ- छ) को वारेन्टी दिईने कम्पालिे जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

Recent Comments

Farindra on राेजगार