प्रधानमन्त्रीलाई मुख्यमन्त्री तामाङको शुभकामना

Loading

गान्तोक। एनडीएको दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्रको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन सरकारले आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा गरेको अवसरमा आज मुख्यमन्त्री तामाङले सिक्किमेली जनसमुदायको पक्षबाट प्रधानमन्त्री नरेन्द्र मोदीसँगै केन्द्र सरकारलाई बधाई एवं शुभकामना दिएका छन्। आफ्नो फेसबूक पेजमार्फत मुख्यमन्त्री तामाङले गत ८ वर्षभित्र देशले व्यापक विकास देखेको उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सबका साथ सबका विकास सबका विश्वास सबका प्रयासमाथि आफूहरू विश्वस्त रहेको बताएका छन्। प्रधानमन्त्रीको यही सिद्धान्तमार्फत देशको समग्र विकास सुनिश्चित हुने अनि आउँदो दिनमा आत्मनिर्भर भारत निर्माण हुने कुरामाथि मुख्यमन्त्री तामाङले थप विश्वास व्यक्त गरे।

About Author

Advertisement