पर्यटन अनि शान्ति थीमका साथ पर्यटन विभगाले पालन गऱ्यो विश्व पर्यटन दिवस

n6327564251727464558460fef43447ead01a7d50037e1b5a065688ccaa811b6e1ac9044545495820b9fc71

Loading

गान्तोक: सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागको तत्वावधानमा तादोङस्थित पर्यटन भवनको सम्मेलन कक्षमा विश्व पर्यटन दिवस विविध कार्यक्रमका साथ पालन गरियो।
यस अवसरमा पर्यटन तथा नागरिक उड्डयन विभागका मन्त्री छिरिङ थेण्डुप भोटिया मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।
यसैगरी अन्य अतिथिहरूमा विभागका सल्लाहकार तथा विधायक सुदेश कुमार लिम्बू, विभागीय प्रधान सचिव सीएस राव, सचिव प्रकाश छेत्री, विभिन्न हितधारकहरू, पर्यटनसित सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरू आदि उपस्थित थिए। रंगारंग सांस्कृतिक प्रस्तुतिका साथ शुरू भएको कार्यक्रममा विभागका सचिवले स्वागत मन्तव्य राख्दै विश्व पर्यटन दिवसको महत्वमाथि प्रकाश पारेका थिए।
यसपछि विभागीय प्रधान सचिवले विभागको गतिविधि, उपलब्धि र कार्यक्रमबारे प्रकाश पारे। यस अवसरमा पर्यटन विभागको प्रबन्धन सिस्टम, युएसआरटीडीएसको वेबसाईट, गान्तोक म्याप र भिडियो आदिको लोकार्पण पनि गरियो। यसपछि विभिन्न हितधारकहरूलाई पुरस्कार प्रदानसितै सम्मान जनाइएको थियो।

About Author

Advertisement