नक्सलबारीमा एटिएम लुट्ने प्रयास गरेको आरोपमा एकजना पक्राउ

IMG-20230528-WA0320-5-300x172-4

Loading

नक्सलबारीः हालैको घटनाक्रममा नक्सलबारीमा बैंकको एटीएम लुट्ने प्रयासमा संलग्न रहेको आशंकामा नक्सलबारी पुलिसले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवक ऋषभ प्रधान सेनामा आवद्ध थिए।

शनिबार राति नक्सलबारी बजारमा रहेको एटीएमबाट साइरन बज्ने आवाज सुनेपछि नक्सलबारी पुलिस तुरुन्तै घटनास्थल पुगेको समाचारमा जनाइएको छ। घटनास्थलमा पुगेपछि पुलिस अधिकारीले क्यास मेसिनको ढोका खुला रहेको र घटनास्थलमा धेरै ढुङ्गा रहेको देखे। साथै घटनास्थलमा उपस्थित व्यक्तिलाई शंकाको आधारमा पक्राउ गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा अभियुक्तले मेसिन तोडेर पैसा निकाल्ने योजना बनाएको खुलेको छ।

आइतबार बैंकका अधिकारीहरूले नक्सलबारी पुलिस चौकीमा एटीएम चोरीको उजुरी दिएका थिए। थप अनुसन्धानका क्रममा पक्राउ परेका युवक गोर्खा रेजिमेन्टमा आबद्ध र मादक पदार्थ सेवन गरेको पुलिसले पत्ता लगाएको छ। सोमबार आरोपीलाई सिलगढी उप-विभागीय अदालतमा पेश गरिनेछ। यता, पुलिसले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement