दार्जीलिङ: जीटीए आइडल – गायन प्रतियोगिताको अडिशन १८ जनवरीदेखि शुरु गरिने भएको छ। पहिलो संस्करण अन्तर्गत हुने उक्त प्रतियोगिताका पहिलो, दोस्रो अनि तेस्रो विजेताहरुलाई कम्रैले २.५० लाख, १.५ लाख र १ लाख प्रदान गरिने जानकारी प्राप्त भएको छ। जीटीए सूचना एवं सांस्कृतिक विभागको पद्क्षेपमा १६ देखि ४० वर्षका गायन प्रतियोगीहरुलाई लिएर समष्टि स्तरबाट आरम्भ भइरहेको अडिसन र यसको नियमावलीबारे विभागीय सह निर्देशक भानुकान्त घिसिङलगायत अन्यले मिडियालाई जानकारी गराएका छन्।