जन उन्मुक्ति दिवसलाई लिएर याङ्गाङमा एसकेएम-को सभा

IMG-20240801-WA0268

Loading

गान्तोक: आगामी १० अगस्तको दिन पूर्व सिक्किमको रम्फू खेल मैदानमा आयोजना गरिने सिक्किम क्रान्तिकारी मोर्चाको सातौं जन उन्मुक्ति दिवस कार्यक्रम सम्बन्धमा आज दक्षिण सिक्किमको याङ्गाङ सीएलसी कार्यालयमा एउटा बैठक सम्पन्न भयो। राङ्गाङ याङ्गाङ समष्टिस्तरीय यस सभाको उद्देश्य आगामी कार्यक्रमलाई सफल बनाउन के-कस्ता योगदान दिन सकिन्छ भन्ने बारेमा चर्चा र छलफल गर्नु रहेको थियो। क्षेत्र विधायक एवं सिक्किम विधानसभाकी उपाध्यक्ष श्रीमती राजकुमारी थापाको अध्यक्षतामा बसेको बैठकमा आरके बस्नेत र विकास बस्नेत लगायत पार्टीका अन्य शीर्ष नेताहरू साथै स्थानीय पञ्चाय सदस्यहरू अनि साधरण पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका पूर्व प्रेस सचिव विकास बस्नेतले जन उन्मुक्ति दिवसको महत्व बारेमा जानकारी गराए। यो कार्यक्रम पार्टीको एक प्रमुख कार्यक्रम हो भन्दै यसलाई सफल बनाउनका लागी याङ्गाङ राङ्गाङवासीले पनि महत्वपूर्ण भूमिका निभाउनुपर्ने कुरामा उनले जोर दिए। यसको निम्ति आजकै बैठकमा विभिन्न समिति पनि गठन गरियो।
बैठकलाई सम्बोधन गर्दै विधायक श्रीमती राजकुमारी थापाले पनि जन उन्मुक्ति दिवसको महत्वमाथि जोर दिँदै क्षेत्रका सम्पूर्ण एसकेएम कार्यकर्ता र समर्थकहरूलाई १० आगस्तको दिन रम्फू झर्ने अपील गरिन्।

About Author

Advertisement