वेलिंगटन (न्यूजील्याण्ड): मुश्किल परिस्थितिबीच अलराउण्डर क्यामरुन ग्रीनको शतकको सहायताले अष्ट्रेलियाले न्यूजील्याण्ड विरुद्ध पहिलो क्रिकेट टेस्ट म्याचको पहिलो दिन आफ्नो पहिलो ईनिंग्समा ९ विकेट गुमाएर २७९ रन बनायो। आज एक समय अष्ट्रेलियाको स्कोर ४ विकेटमा ८९ रन रहेको थियो तर त्यहाँबाट ग्रीनले मोर्चा सम्हालेर टीमलाई असल स्थितिमा पुयाए। बिहीवार खेल समाप्त हुँदासम्म ग्रीन अविजित १०३ अनि जोश हेजलवुड शून्य रनमा अविजित थिए। ग्रीनले आफ्नो दोस्रो टेस्ट शतकको गोरेटोमा १५५ बल खेलेर १६ वटा चौका लगाइसकेका छन्।

न्यूजील्याण्डका बलरहरूमा म्याट हेनरीले सर्वाधिक ४ विकेट लिए। बेसिन रिजर्वमा टस जितेर आज न्यूजील्याण्डले पहिला फील्डिंग गर्ने फसेला गयो। अष्ट्रेलियालाई स्टीव स्मिथ र उस्मान ख्वाजाले असल शुरुवात दिलाए। स्मिथले ख्वाजासँग मिलेर पहिलो विकेटको निम्ति २४.१ ओभरमा ६१ रन जोड़े। अष्ट्रेलियाले पहिलो विकेटको रूपमा स्मिथलाई गुमाउनको साथै न्यूजील्याण्डले म्याचमा फर्किने मौका पाए।
त्यसपछि अष्ट्रेलियाले मार्नस लाबुशेन (०१), उस्मान ख्वाजा र ट्रेविस हेड (०१)-लाई लगातार अन्तरालमा गुमायो। यसमा ख्वाजाले ३३ र स्मिथले ३१ रन बनाए। यसरी ८९ रनमा चौथो विकेटको पतनपछि ग्रीनले मिचेल मार्शसँग मिलेर पाँचौं विकेटको निम्ति ६७ रनको पार्टनरशीप गरे। आक्रामक मिजासमा खेलिरहेका मार्श ३९ बलमा ४० रन बनाएर हेनरीको शिकार बने।

उनले ६ वटा चौका र एउटा छक्का लगाए। मार्श आउट भएपछि ग्रीनले लड़ाई जारी राख्दै तल्लो क्रमका ब्याटरहरूसँग मिलेर अष्ट्रेलियालाई दिनको अन्तसम्म सम्मानजनक स्कोरमा पुयाए। तल्लो क्रममा एलेक्स केरीले १०. मिचेल स्टार्कले ०९, कप्तान प्याट कमिन्सले १६ र न्याथन लियोनले ०५ रनको योगदान दिए।