Sunday, September 19, 2021
Home खेलकुद ४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई परा- जित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भा- रतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक जितेर इति- हास रच्यो। सिमरनजीत सिंहको दुई गोलको सहायताले भारत ले दुईपल्ट पछाड़िएर पनि असाधारण पुनरागमन गर्दै बिहीवार चरम रोमाञ्चक काँस्य पदकको प्ले अफ् म्याचमा जर्मनीलाई ५-४-ले पराजित गरी ओलम्पिकमा ४१ सालपछि काँस्य पदक जित्यो।

आठपल्टको ओलम्पिक च्याम्पियन अनि विश्वको तेस्रो नम्बरको भारतीय टीम एक समय त १-३-ले पछि रहेको थियो तर उनीह- रूले चरम दबाउबीच पनि आठ मिनटमा चार गोल गरी जीत हासिल गरे। भारतको तर्फबाट सिमरनजीत सिंहले (१७औं र ३४औं मिनट)-ले दुई गोल गरे। यसबाहेक हार्दिक सिंह (२७औं मिनट), हरमनप्रीत सिंह (२९औं मिनट) र रुपिन्दर पाल सिंह (३१औं मिनट)-ले एक-एक गोल गरे। यसरी नै विश्वको चौथो नम्बरको टीम जर्मनीको तर्फबाट तिमूर ओरुज (दोस्रो मिनट), निकालस वेलेन (२४औं मिनट), बेनेडिक्ट फुर्क (२५औं मिनट) र लुकास विण्डफेडर (४८औं मिनट)-ले गोल गरे। आठपल्टको ओलम्पिक च्याम्पियन भारतले यसअघि अन्तिमपल्ट १९८०-को मस्को ओलम्पिकमा स्वर्ण पदक जितेको थियो अनि अहिले सम्म हकीमा त्यही भारतको अन्तिम पदक थियो तर यसपाली मनप्रीत सिंहको कप्तानी र ग्राहम रीडको प्रशिक्षणमा रहने टी- मले यादगार जीतको साथ काँस्य पदक हासिल गरेर गत ४१ सालको खड़ेरीलाई समाप्त गऱ्यो।

भारतले आज काँस्य पदकको म्याचमा आफ्नो टीममा कुनै फे- रबदल गरेन। म्याचमा असल शुरुवात गर्दै जर्मनीले दोस्रो मिन- टमै बढ़त हासिल गऱ्यो, जुन पहिलो क्वार्टरसम्म कायम रह्यो। दोस्रो क्वार्टरमा भारतको शुरुवात असल रह्यो अनि सिमरन जीतले गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि जर्मनीले पनि चाँड़ै गोल गरी दोस्रो क्वार्टरको अन्तसम्म ३-१को बढ़त हासिल गऱ्यो। दोस्रो क्वार्टरमा गोलको वर्षा भयो। दोस्रो क्वार्टरमा जर्मनीले २ अनि भारतले ३ गोल गऱ्यो। तेस्रो क्वा- र्टरमा हार्दिक र हरमनप्रीतले गोल गरी स्कोर ३-३-को बराबरीमा पुऱ्याए। हार्दिकले पेनल्टी कर्नर र हरमनप्रीतले पेनल्टीबाट गोल गरे। तेस्रो क्वार्टरमा रुपिन्दर पास सिंहले पेनल्टी स्ट्रोकबाट गो- ल गरी शुरुमै भारतलाई ४-३-को बढ़त दिलाए। त्यसपछि सिम- रनजीतले अझ एक गोल थपेर भारतलाई ५-३-ले अघि पारे। चौथो क्वार्टरमा चाहिँ जर्मनीले म्याचलाई नियन्त्रणमा ल्याउन को निम्ति लगातार आक्रमण गऱ्यो। यस अवधि जर्मनीले एक गोल सुलाए पनि भारतलाई ऐतिहासिक काँस्य पदक जित्न देखि रोक्न सकेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

पंजाबका नयाँ मुख्यमन्त्री बने दलित नेता चरणजीत चन्नी

सोमबार बिहान ११ बजे हुनेछ शपथ ग्रहण नयाँ दिल्लीl क्याप्टन अमरिन्दर सिंहले राजीनामा दिएको २४ घण्टापछि आखिरमा...

दार्जीलिङ जिल्ला: २४ घण्टा को कोविड़ रिपोर्ट

दार्जीलिङ, १९ सेप्टेम्बर २०२१। जिल्ला प्रशासनको डेली रिपोर्ट अनुसार, आज एक दिनमा कुल २३ जना दार्जीलिङ जिल्ला मा कोरोनाले संक्रमित भएको जानकारी छ।

राज्यमा ६२ नयाँ कोरोना संक्रमित मामिला

गान्तोक, १९ सेप्टेम्बर २०२१। सिक्किममा गत २४ घण्टामा कोरोना संक्रमणको ६२ नयॉं मामिला अघि आएको छ भने कोरोनाको संक्रमणबाट आज कसैको मृत्यु...

बङगालमा आज कोरोनाको ६३५ नयाँ मामिला, ११ को मृत्यु

कोलकत्ता, १९ सेप्टेम्बर २०२१। राज्य स्वास्थ्य विभागको तर्फबाट जारी हेल्थ बुलेटिनअनुसार, गत २४ घण्टमा राज्यमा ६३५ जना कोरोना भाइरसले सङ्क्रमित भएको छ भने अर्कोतिर ११...

Recent Comments

Farindra on राेजगार