Thursday, August 5, 2021
Home खेलकुद सन्देश झिङ्गन सालका सर्वश्रेष्ठ फूटबलर

सन्देश झिङ्गन सालका सर्वश्रेष्ठ फूटबलर

२१ जुलाई २०२१: भारतीय फूटबल टीमका दिग्गज डिफेण्डर सन्देश झिङ्गनलाई अखिल भारतीय फूटबल महासङ्घ (एआइ- एफएफ)-ले बुधवार वर्षका सर्वश्रेष्ठ पुरुष फूटबलर चयन गऱ्यो जबकि मीडफिल्डर सुरेश सिंह वांगजामलाई २०२०-२१ सीज- नको निम्ति उदीयमान खेलाड़ी चयन गरियो। झिङ्गनलाई एआ- इएफएफद्वारा सालको सर्वश्रेष्ठ खेलाड़ी चयन गरिएको यो पहि- लोपल्ट हो। यसअघि उनलाई २०१४-मा सर्वश्रेष्ठ उदीयमान खेलाड़ी चयन गरिएको थियो। पुरस्कार विजेताहरूका चयन इण्डियन सुपर लीग (आइएसएल) र आई लीग क्लबहरूको प्रशिक्षकहरूका मतको आधारमा गरियो। पुरस्कार जितेपछि झिङ्गनले भने, म यस पुरस्कारलाई अझ असल प्रदर्शन गर्ने प्रेरणाको रूपमा लिइरहेको छु। यस पुरस्कारले आफ्नो साथमा अझ ठूलो जिम्मेवारी पनि ल्याएको छ। झिङ्गान २०१५-देखि सीनियर राष्ट्रिय टीमका हिस्सा हुन् अनि उनले अहिलेसम्म ४० वटा म्याच खेलेर २ गोल पनि गरेका छन्। उनले पाँचवटा म्याच मा टीमको कप्तानी पनि गरेका छन्। उनलाई गत वर्ष अर्जुन पुरस्कारले सम्मानित गरिएको थियो। यसरी नै बीस वर्षीय सुरेशले यस साल ओमानमा सीनियर टीमको निम्ति पदार्पण गरेका थिए। उनी फीफा अण्डर-१७ विश्व कप २०१७-मा भाग लिने भारतीय टीमका हिस्सा थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एय- रहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए।...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार