Tuesday, January 18, 2022
Home खेलकुद विश्व कप क्वालीफायरमा जर्मनी, नीदरल्याण्ड्स र क्रोएशियाको जीत

विश्व कप क्वालीफायरमा जर्मनी, नीदरल्याण्ड्स र क्रोएशियाको जीत

९ अक्टोबरः फीफा विश्व कप क्वालीफायरको यूरोपेली चरणमा शुक्रवार राति जर्मनी, नीदरल्याण्ड्स र क्रोएशियाले आ-आफ्नो म्याच जित्यो भने वेल्सले चाहिँ ड्र-मा रोकियो। जर्मनीले ग्रुप जे-को म्याचमा रोमानियालाई २-१-ले पराजित गऱ्यो। म्याचमा ७८ प्रतिशत पोजेशनको साथ खेले पनि जर्मनी मध्यान्तरसम्म एक गोलले पछि रहेको थियो। एनिस हागीले नवौं मिनटमा रोमानियालाई बढ़त दिलाए तर मध्यान्तको लगत्तै पछि जर्मनीले बराबरी हासिल गऱ्यो। अनुभवी सर्गे ग्नाबरीले ५२औं मिनटमा स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि दिग्गज स्ट्राईकर थोमस मूलरले ८१औं मिनटमा गोल गरी जर्मनीलाई जीत दिलाए। यस जीतको साथै जर्मनीले ग्रुप जे-मा सातवटा म्याचमा १८ पोइण्टको साथ आफ्नो शीर्ष स्थानलाई अझ दह्रिलो बनायो।

यसै ग्रुपको अन्य एउटा म्याचमा उत्तर मेसिडोनियाले लिचेन्स्टाइनलाई ४-०-ले पिट्यो। यस जीतपछि दोस्रो स्थानमा रहने उत्तर मेसिडोनियाको ७ वटा म्याचपछि १२ पोइण्ट पुग्यो। ग्रुप जे-मा अर्मेनिया र आइसल्याण्डबीचको म्याच १-१-ले ड्र रह्यो। ग्रुपमा १२ पोइण्ट नै रहे पनि गोल अन्तरको आधारमा अर्मेनिया तेस्रो स्थानमा रहेको छ।

यसरी नै ग्रुप जी-मा नीदरल्याण्ड्सले लाटविया विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। म्याचमा ७८ प्रतिशत पोजेशनको साथ खेले पनि डच टीमले केवल एक गोल गर्न सक्यो। डेवी क्लासेनले १९औं मिनटमा दिलाएको गोल नै नीदरल्याण्ड्सको निम्ति निर्णायक बन्यो। यस जीतपछि ग्रुपको शीर्ष स्थानमा कायम रहने नीदरल्याण्ड्सको १६ पोइण्ट पुग्यो। त्यति नै म्याचमा १४ पोइण्टको साथ दोस्रो स्थानमा रहने नर्वे अन्य एउटा म्याचमा तुर्की विरुद्ध १-१-को ड्र-मा रोकियो। तेस्रो स्थानमा रहने तुर्कीसँग सातवटा म्याचमा १३ पोइण्ट रहेको छ। यस ग्रुपको अन्य एउटा म्याचमा मोण्टेनेग्रोले जिब्राल्टरलाई ३-०-ले पराजित गऱ्यो। मोण्टेनेग्रो अहिले ११ पोइण्टको साथ चौथो स्थानमा रहेको छ।

यसबीच ग्रुप एच-मा क्रोएशियाले साइप्रस विरुद्ध ३-०-ले जीत दर्ता गऱ्यो। म्याचमा ७५ प्रतिशत पोजेशनको साथ खेल्ने क्रोएशियाई टीमको निम्ति अनुभवी इभान पेरिसिचले मध्यान्तरको ठीक अघि, जोसको ग्वार्डिओलले ८०औं र मार्को लिवाजाले अन्तिम क्षणमा गोल गरे। यस जीतपछि क्रोएशिया सातवटा म्याचा १६ पोइण्टको साथ ग्रुपको शीर्ष स्थानमा पुग्यो। क्रोएशियाको बराबरी १६ पोइण्ट नै रहे पनि गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहने रशियाले अन्य एउटा म्याचमा स्लोवाकिया विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। स्लोवाकियाका मिलान स्क्रिनियरले २४औं मिनटमा आत्मघाती गोल गर्दा रशियाले जीत हासिल गऱ्यो। दश पोइण्टको साथ ग्रुपको तेस्रो स्थानमा रहने स्लोवेनियाले माल्टा विरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। यसरी नै ग्रुप ई-मा वेल्स र चेक गणराज्यबीचको म्याच २-२-ले ड्र रह्यो। म्याचमा वेल्स एक समय २-१-ले पछि रहेको थियो तर डेनिएल जेम्सले ६९औं मिनटमा गोल गरी वेल्सलाई पराजित हुनदेखि बचाए। यस ड्र पछि गोल अन्तरको आधारमा चेक गणराज्य (६ वटा म्याच) ग्रुपमा दोस्रो र वेल्स तेस्रो स्थानमा रहन पुग्यो। यी दुवै टीमसँग अहिले ८-८ पोइण्ट रहेको छ तर वेल्सले एउटा म्याच कम्ती खेलेको छ। बेल्जियम ६ वटा म्याचमा १६ पोइण्टको साथ ग्रुपको शीर्ष स्थानमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कालेबुङ क्षेत्रको बेग्लाबेग्लै ठाउँमा २ वटा घर जलेर खरानी

  कालेबुङ: कालेबुङ ग्राम पञ्चायत अधिनस्थ ८ माइल नर्सरी गाउँ निवासी अम्बर बहादुर छेत्रीको घर राती २ बजे  आगलागी हुँदा खरानी भएको छ।...

बागडोगरा हवाईअड्डा १४ दिन बन्द हुने

सिलगढी: बागडोगरा हवाईअड्डा यस वर्ष अप्रेलमा पर्यटकीय सिजनको बीचमा १४  दिनका लागि बन्द हुनेछ। बागडोगरा विमानस्थलको रनवे पुन:र्सतहीकरण (सरफेसिङ) को कामका...

नापोलीले जिते पनि एसी मिलानको निराशाजनक हार

१८ जनवरीः इटालियन सेरि ए फूटबलमा नापोलीले आफ्नो म्याच सजिलै जिते पनि शीर्ष दुईमा सामेल एसी मिलान चाहिँ उलटफेरको शिकार बन्यो। सोमवार...

एशेजमा हारपछि आईपीएलबाट बाहिर बस्ने स्टोक्सको फसेला

१८ जनवरीः विश्वका शीर्ष अलराउण्ड क्रिकेटर बेन स्टोक्सले आफ्नो कार्यभारलाई प्रबन्धन गर्न अनि मानसिक रूपले तरोताजा रहन यस सालको इण्डियन प्रीमियर लीग...

Recent Comments

Farindra on राेजगार