Thursday, October 21, 2021
Home खेलकुद महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण प्रदर्शनको क्रम जारी राख्दै लाब्दा ग्रीनले च्याम्पियनको पगढ़ी गुँथ्यो। आइतवार स्थानीय मण्टिभियट खेल मैदानमा भएको फाइनलमा लाब्दा ग्रीनले सिटोङ्ग गर्ल्सलाई ६-१-ले पराजित गऱ्यो। विजेता र उपविजेता टीमलाई आकर्षक ट्रफी, प्रमाण पत्र र पदकको साथमा खेलाड़ीहरूलाई फूटबल स्टकिङ्ग्सहरू प्रदान गरियो। व्यक्तिगत पुरस्कारहरूमा विजेता टीमका प्रियङ्का खवासलाई प्लेयर अव् द टुर्नामेण्टको रूपमा मीना छेत्री तिवारी स्मृति ट्रफी प्रदान गरियो। यसरी नै मकैबारीकी सुश्मिता भुजेललाई सर्वश्रेष्ठ गोलीपर, लाब्दाकी रिङ्कु राईलाई सर्वश्रेष्ठ डिफेण्डर, तीनधारेकी शबनम राईलाई सर्वश्रेष्ठ मीडफिल्डर, पायोनियर सेभेन खरसाङकी अनिरा तामाङलाई सर्वश्रेष्ठ स्ट्राईकर र उपविजेता टीमकी स्वर्णिम छेत्रीलाई सर्वाधिक गोलदाता (१७)-को पुरस्कार प्रदान गरियो।
यसरी नै पायोनियर सेभेनकी अनुष्का गुरुङ, युनाइटेड सोनादाकी दिछेन लेप्चा र बुङकुलुङ एफसीकी निधी सुब्बालाई सर्वश्रेष्ठ उदीयमान खेलाड़ी चयन गरियो। यसरी नै तेस्रो स्थान निर्धारणको म्याचमा पायोनियर सेभेनले जीएसबीवाईसी गैरीगाउँलाई पराजित गऱ्यो।

यस टुर्नामेण्टबाट खरसाङ फूटबल एसोसिएशनले सबै टीमबाट मिलाएर जम्मा २६ जना खेलाड़ीको चयन गऱ्यो। यी खेलाड़ीहरूलाई लिएर खरसाङ महकुमाको महिला टीम गठन गरिनेछ, जसले चाँड़ै आयोजन गरिने जिल्ला स्तरीय टुर्नामेण्टमा खरसाङको प्रतिनिधित्व गर्नेछ। आज समापन समारोहमा अतिथिको रूपमा पूर्व फूटबलरहरू धर्मराज राणा, इन्द्र प्रकाश लामा र दिनेश थापा उपस्थित थिए। म्याचहरूको सञ्चालन प्रीति सार्की, याङ्गी लेप्चा, रोजाबेला गुरुङ र सुप्रिय सुब्बाले गरेकी थिइन् भनी आयोजक समितिको तर्फबाट चिराग तिवारीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मुख्यमन्त्री २४ अक्टोबर चार दिवसीय भ्रमणमा सिलगढी आउने

कोलकता। सिलगढी अनि पहाडमा बर्षाले भएको नोक्सानको जायजा लिन मुख्यमन्त्री ममता ब्यानर्जी आगामी २४ अक्टोबरको दिन चार दिवसीय भ्रमणमा सिलगढी अनि खरसाङ...

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

Recent Comments

Farindra on राेजगार