Tuesday, January 18, 2022
Home खेलकुद बक्सिङ्गमा तीनवटा स्वर्णसहित ९ वटा पदक जित्यो भारतले

बक्सिङ्गमा तीनवटा स्वर्णसहित ९ वटा पदक जित्यो भारतले

२१ दिसम्बरः जर्मनीको शहर कोलोनमा आयोजित बक्सिङ्ग विश्व कपमा भारतीय महिला बक्सर सिमरनजीत कौर (६० किग्रा) र मनीष (५७ किग्रा)-ले स्वर्ण पदक जितिन्। मनीषले स्वर्ण पदकको बाउटमा आफ्नै देशकी साक्षीलाई ३-२-ले अनि सिमरनजीतले स्थानीय बक्सर माया किलिहान्सलाई ४-१-ले पराजित गरी पहेंलो तक्मा जितिन्। भारतले प्रतियोगितामा तीनवटा स्वर्ण, दुईवटा रजत र चारवटा काँस्यसहित जम्मा नौवटा पदक जित्यो। पुरुष वर्गमा अमित पङ्घाल (५२ किग्रा)-ले कुनै मेहनत नगरी स्वर्ण पदक जिते। उनका प्रतिद्वन्द्वी चोटले गर्दा रिङ्गमा नओर्लिँदा फाइनलमा अमितलाई वक्ओवर प्राप्त भयो। सतीष कुमार (९१ किग्राभन्दा अधिक)-ले रजत रदकमै चित्त बुझाउनु पऱ्यो कारण चोटले गर्दा उनी फाइनलमा खेल्न सकेनन्। यसबाहेक सोनिया लाठेर, पूजा रानी, गौरव सोलाङ्की र मोहम्मद हसमुद्दीनले आ-आफ्नो वेट क्याटगरीमा काँस्य पदक हासिल गरे। यस प्रतियोगितामा आयोजक जर्मनी र भारतबाहेक बेल्जियम, क्रोएशिया, डेनमार्क, फ्रान्स, मोलदोवा, नीदरल्याण्ड, पोल्याण्ड र युक्रेनका बक्सरहरूले भाग लिएका थिए। भारतीय बक्सिङ्ग महासङ्घले खेलाड़ीहरूका प्रदर्शनमा खुशी व्यक्त गरेको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नागरिकता अधिनियम लागु गर्ने मागमा पार्टीसित क्षुब्ध भाजपा नेता

कोलकता। राज्य विधानसभा चुनावमा कड़ा प्रतिस्पर्दापछि भाजपाको असुविधा कम हुने नाम लिइरहेको छैन। अब पार्टीबाट क्षुब्ध मतुआ समुदायको वरिष्ठ नेता आफ्नो केन्द्र...

कालेबुङ क्षेत्रको बेग्लाबेग्लै ठाउँमा २ वटा घर जलेर खरानी

  कालेबुङ: कालेबुङ ग्राम पञ्चायत अधिनस्थ ८ माइल नर्सरी गाउँ निवासी अम्बर बहादुर छेत्रीको घर राती २ बजे  आगलागी हुँदा खरानी भएको छ।...

बागडोगरा हवाईअड्डा १४ दिन बन्द हुने

सिलगढी: बागडोगरा हवाईअड्डा यस वर्ष अप्रेलमा पर्यटकीय सिजनको बीचमा १४  दिनका लागि बन्द हुनेछ। बागडोगरा विमानस्थलको रनवे पुन:र्सतहीकरण (सरफेसिङ) को कामका...

नापोलीले जिते पनि एसी मिलानको निराशाजनक हार

१८ जनवरीः इटालियन सेरि ए फूटबलमा नापोलीले आफ्नो म्याच सजिलै जिते पनि शीर्ष दुईमा सामेल एसी मिलान चाहिँ उलटफेरको शिकार बन्यो। सोमवार...

Recent Comments

Farindra on राेजगार