Thursday, October 21, 2021
Home खेलकुद पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम अघि बढ़ेर आएको छ। शेयर एफसी र देबाञ्जन सेन फाउण्डेशनको संयुक्त प्रयासमा कालेबु- ङमा पश्चिम बङ्गालकै पहिलो सम्पूर्ण रूपले रेसिडेन्सियल गर्ल्स फूटबल एकाडमी देबाञ्जन शेयर गर्ल्स एकाडमी शुरु हुन गइ रहेको छ। रेसिडेन्सियल गर्ल्स फूटबल एकाडमी शुरु गर्ने विष- यमा लामो समयदेखि कुरा चलिरहेको भए पनि मङ्गलवार भए को बोर्ड मीटिङ्गमा यसले आधिकारिक रूप लियो।

एकाडमीको बोर्ड सदस्यहरूमा आनन्द कुमार प्रधान (सल्ला- हकार), प्रसाद प्रधान (सल्लाहकार एवम् निर्माण विशेषज्ञ), कमलेश राई प्रधान (सेण्ट टेरेजा स्कूलकी खेलकुद शिक्षिका), सोम टी नाम्चु (एशिया कोअर्डिनेटर ग्लेन एफएफ), डा. शेरोन फोनिङ्ग (डाक्टर तथा समाजसेवी), अधिवक्ता निशा राई, डा. अविनाश शर्मा (फिजियोथेरेपिस्ट), जयब्रत घोष (एएफसी ए लाइसेन्स प्रशिक्षक), चन्द्र कुमार राई (एफए लाइसेन्स प्रशिक्ष- क), सेज प्रधान (एएफसी लाइसेन्स प्रशिक्षक), युवराज छेत्री (सहशिक्षक एसएएस), प्रवेश प्रधान (खेलकुद शिक्षक, सन्त जोसेफ स्कूल), प्रनव परियार, नोर्देन एन लेप्चा र रेयान कार्थक लेप्चा सामेल छन्। बोर्ड सदस्य रेयान कार्थक लेप्चाले बताए अनुसार, देबाञ्जन शेयर गर्ल्स एकाडमीको आधिकारिक लञ्च २० सेप्टेम्बरमा गरिनेछ। त्यस समयसम्म एकाडमीको निम्ति खेलाड़ीहरूका ट्रायल्सहरू सम्पन्न गरिनेछ।

शुरुवाती चरणमा एकाडमीको निम्ति दार्जीलिङ र कालेबुङ जिल्लाबाहेक डुवर्सका नानीहरूलाई चयन गरिनेछ। एकाडमीको समस्त खेलकुद सम्बन्धी गति विधिहरू कार्मेकल ग्राउण्डमा हुनेछ। यसबारे अन्य महत्त्वपूर्ण घोषणाहरू आउँदो समयमा गरिने पनि देबाञ्जन शेयर गर्ल्स एकाडमीको पक्षमा रेयान कार्थक लेप्चाले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मुख्यमन्त्री २४ अक्टोबर चार दिवसीय भ्रमणमा सिलगढी आउने

कोलकता। सिलगढी अनि पहाडमा बर्षाले भएको नोक्सानको जायजा लिन मुख्यमन्त्री ममता ब्यानर्जी आगामी २४ अक्टोबरको दिन चार दिवसीय भ्रमणमा सिलगढी अनि खरसाङ...

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

Recent Comments

Farindra on राेजगार