Sunday, September 19, 2021
Home खेलकुद दिल्लीद्वारा बैंगलोर कैपिटल्स ६ विकेटले पराजित

दिल्लीद्वारा बैंगलोर कैपिटल्स ६ विकेटले पराजित

आईपीएल क्रिकेटको म्याचमा दिल्ली कैपिटल्स र रोयल च्यालेंजर्स बंगलोर माझमा शेख़ ज़ाएद स्टेडियम, अबू धाबीमा खेलियो। कैपिटल्सको कप्तान श्रेयस अय्यरले टस जितेर बलिंग गर्ने फैसला गरे भने बैंगलोरको पारी देवदत्त पडिक्कल र जोश फिलिप ब्याटिंग शुरू गरे। बैंगलोरको टोलीले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाए। देवदत्त पदीकलले १२१.९५ को औसतले ४१ बल्ल्मा ५ वटा चौका हिर्काएर ५० रन बनाए। एबी डी विलियर्सले २१ बलमा ३५ रनको सहयोग दिए, जसमा एउटा चौका र दुईवाता छक्का रहेको छ। टीमको कप्तान विराट कोहलीले २४ बलमा २९ रन बनाए।
दोस्रो ब्याटिंग गरेको कैपिटल्सले १९ ओभरमा ४ विकेट गुमाएर १५४ रन बनाई बंगलोरलाई ६ विकेटले पराजित गर्यो। कैपिटल्सको पारीको शुरु गर्न पृथ्वी शॉ र शिखर धवन मैदानमा आए। पृथ्वी ६ बलमा ९ रन बनाएर मोहम्मद सिराजको बलमा बोल्ड आउट भए भने धवनले ४१ बलमा ६ वटा चौका हिर्काएर ५४ रनको सहायोग गरे। कैपिटल्सको निम्ति अजिंक्य रहाणेले सबैभन्दा बेसी ४५ बलमा ५ वटा चौका र एउटा १ छक्का हिर्काए र ६० रन बनाए।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

सीबीआईद्वारा मन्त्री मानस भुइयांलाई नोटिस

कोलकाताl चिटफण्ड घोटालामा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले सोधपुछको निम्ति टीएमसीका अझ एकजना मन्त्री मानस भुइयांलाई नोटिस पठाएको छ। उनलाई सोमबार सीजीओ...

Recent Comments

Farindra on राेजगार