Sunday, September 19, 2021
Home खेलकुद टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया विरुद्ध पराजित भइन्। बुल्गेरियाकी पहलवानले शुरुदेखि नै लड़ाइँमा आक्रमकता देखाइन् अनि शुरुमै २-०-को बढ़त हासि- ल गरिन्। विनेशले पनि पछिबाट दुई पोइण्ट हासिल गरिन् तर अन्तमा वेनेसाले विनेशलाई चित् पारेर सेमिफाइनलमा स्थान बनाइन्। विनेशसँग अहिले पनि रेपेचेज राउण्डमा पुगेर काँस्य पदक जित्ने मौका रहेको छ तर यसको निम्ति वेनेसा फाइनल मा पुग्नु जरूरी छ।

विनेशले यसअघि आज बिहान प्री-क्वार्टर फाइनलमा रियो ओ- लम्पिकमा काँस्य पदक विजेता स्वीडेनकी सोफिया मेट्सस- नलाई ७-१-ले पराजित गरेकी थिइन्। विनेश बाहेक भारतकी अन्य एकजना पहलवान अंशु मलिक आज महिलाहरूकी फ्री- स्टाइल ५७ किग्रा वर्ग को रेपेचेज राउण्डमा हारेर भारतलाई काँस्य पदक दिलाउन विफल रहिन्।

आजको क्वार्टर फाइनलमा विनेशसँग वेनेसाको दह्रिलो रक्षण को कुनै जवाफ थिएन। यस जीतको साथै वेनेसाले यस युक्रे- नमा भारतीय खेलाड़ी विरुद्ध लाजमर्दो हारको हिसाब पनि चुक्ता गरिन्। त्यस समय विनेशले वेनेसालाई बाय फल-द्वारा जीत हासिल गरेकी थिइन्। यूरोपियन च्याम्पियन वेनेसाले आफ्नो रणनीतिलाई असल तरिकाले लागू गरिन् अनि विनेश उनको रक्षणलाई तोड़्न असफल रहिन्। पोइण्ट हासिल गर्न विफल भएपछि शीर्ष वरीयता प्राप्त भारतीय पहलवानले धैर्य गुमाइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

सीबीआईद्वारा मन्त्री मानस भुइयांलाई नोटिस

कोलकाताl चिटफण्ड घोटालामा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले सोधपुछको निम्ति टीएमसीका अझ एकजना मन्त्री मानस भुइयांलाई नोटिस पठाएको छ। उनलाई सोमबार सीजीओ...

कोभिड नेपाल: देशमा कोरोनाको ७३४ नयाँ मामिला

काठमाडौं, १९ सेप्टेम्बर २०२१। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरे अनुसार, पछिल्लो २४ घण्टमा थप ७३४ जना कोरोना भाइरसले सङ्क्रमित भाएका छन् भने यसरोगले १२...

Recent Comments

Farindra on राेजगार