Tuesday, January 18, 2022
Home खेलकुद जीतको साथ समापन गरेर पनि निराश रोहित शर्मा

जीतको साथ समापन गरेर पनि निराश रोहित शर्मा

९ अक्टोबर। मुम्बई इण्डियन्सको टीम यसपाली आईपीएलको प्लेअफ्-मा क्वालीफाई गर्न असफल रह्यो। टीमले आफ्नो अन्तिम लीग म्याचमा शुक्रवार राति सनराइजर्स हैदराबादलाई ४२ रनले पराजित गऱ्यो। म्याच जिते पनि त्यो टीमलाई प्लेअफ्-मा पुऱ्याउन पर्याप्त थिएन। वास्तवमा प्लेअफ्-मा पुग्न मुम्बईले १७१ रनको ठूलो अन्तरले म्याच जित्नु पर्थ्यो तर टीमले त्यस्तो गर्न सकेन।

म्याचपछि मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले यसपाली उनको टीमले लय हासिल गर्न नसकेको कुरा स्वीकार गरे। अबु धाबीमा खेलिएको म्याचमा मुम्बई इण्डियन्सले पहिला ब्याटिङ्ग गर्दै २० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनायो। जवाफमा सनराइजर्सले ८ विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो। यस म्याचको समापनसँगै प्लेअफ्-को समीकरण पनि तयार भयो। दिल्ली क्यापिटल्स पहिलो र चेन्नई सुपर किङ्ग्स दोस्रो स्थानमा रह्यो। यसरी नै रोयल च्यालेञ्जर्स बेङ्गलोर तेस्रो र कलकत्ता नाइट राइडर्स चौथो स्थानमा रह्यो।

म्याचपछि रोहितले भने, मुम्बई जस्तो फ्रेञ्चाइजीबाट खेल्दै तपाईंबाट सदा उत्कृष्ट प्रदर्शनको आशा गरिन्छ। म यसलाई दबाउ मान्दिनँ। प्रशंसकहरूलाई हामीबाट धेरै अपेक्षाहरू रहेको हुन्छ। हामी एउटा टीमको रूपमा असफल भयौं। हामीले गत ५-६ सालदेखि असाधारण खेल देखाएका छौं। हामी एउटा टीमको आफूलाई रूपमा अन्य टीमहरूभन्दा अलग श्रेणीमा उभ्याएका छौं। उल्लेखनीय छ, मुम्बई इण्डियन्सले गत चार सीजनमा तीनपल्ट खिताब जितेको छ। मुम्बईले शुक्रवारको म्याचमा टीममा दुईवटा फेरबदल गरेको थियो। जयन्त यादव र सौरभ तिवारीको स्थानमा क्रुणाल पाण्ड्या र पीयूष चावलालाई मौका दिइएको थियो। केही खेलाड़ीहरूलाई बाहिर राख्ने फसेला निक्कै कठिन थियो भनी मुम्बईका कप्तानले बताए। उनले भने, यो सीजन हाम्रो निम्ति राम्रो रहेन तर एउटा फ्रेञ्चाइजीको रूपमा हाम्रो यात्रा असल रह्यो। हामीले जुन उपलब्धिहरू हासिल गरेका छौं, त्यसमाथि हामीलाई गर्व छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बलिउड फिल्ममा खलनायकको अमिट छाप बसाल्ने लोकप्रिय अभिनेता ‘डेनी’

मुम्बई: बलिउड फिल्महरू खलनायक बिना अधुरो मानिन्छ र यो चलन ६० को दशकदेखि चल्दै आएको छ। खासगरी ८० र ९० को दशकमा...

नागरिकता अधिनियम लागु गर्ने मागमा पार्टीसित क्षुब्ध भाजपा नेता

कोलकता। राज्य विधानसभा चुनावमा कड़ा प्रतिस्पर्दापछि भाजपाको असुविधा कम हुने नाम लिइरहेको छैन। अब पार्टीबाट क्षुब्ध मतुआ समुदायको वरिष्ठ नेता आफ्नो केन्द्र...

कालेबुङ क्षेत्रको बेग्लाबेग्लै ठाउँमा २ वटा घर जलेर खरानी

  कालेबुङ: कालेबुङ ग्राम पञ्चायत अधिनस्थ ८ माइल नर्सरी गाउँ निवासी अम्बर बहादुर छेत्रीको घर राती २ बजे  आगलागी हुँदा खरानी भएको छ।...

बागडोगरा हवाईअड्डा १४ दिन बन्द हुने

सिलगढी: बागडोगरा हवाईअड्डा यस वर्ष अप्रेलमा पर्यटकीय सिजनको बीचमा १४  दिनका लागि बन्द हुनेछ। बागडोगरा विमानस्थलको रनवे पुन:र्सतहीकरण (सरफेसिङ) को कामका...

Recent Comments

Farindra on राेजगार