Thursday, August 5, 2021
Home खेलकुद खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले प्रोत्साहन राशिमा वृद्धि गरेको मन्त्री केएन लेप्चाले...

खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले प्रोत्साहन राशिमा वृद्धि गरेको मन्त्री केएन लेप्चाले गरे घोषणा

गान्तोक, २१ जुलाई २०२१: अन्तराष्ट्रीय खेलमा पदक हासिल गर्ने राज्यका खेलाडीहरूको निम्ति सरकारले प्रोत्साहन राशिमा वृद्धि गरेको छ। स्वर्ण पदक हासिल गर्नेलाई २ करोडदेखि २ करोड ५० लाख बनाएको छ भने यसरी नै रजत बिजेतालाई पहिला १ करोड प्रदान गरिने घोषणा गरेको थियो भने अहिले १.५० करोड बनाएको छ, सोही प्रकारले काँस्य पदकको निम्ति यस भन्दा अघि ५० लाख प्रदान गरिने घोषणा गरिएको थियो जसलाई वृद्धि गरेर १ करोड बनाएको खेलकूद एवं युवा मामि- ला विभाग मन्त्री केएन लेप्चाले घोषणा गरे।

आज राजधानीस्थित व्हाइट हलमा आयोजित पत्रकार सम्मे- लनलाई सम्बोधन गर्दे मन्त्री लेप्चाले उक्त घोषणा गरेका हुन्। उनले जानकारी गराए अनुसार आगामी २३ जुलाईदेखि टोकि- योमा शुरू हुने ओलम्पिक खेलमा देशलाई प्रतिनिधित्व गर्दै १ सय २० जनाले सहभागिता जनाउन टोकियो प्रस्थान गरिसके का छन्। यसरी सिक्किम राज्यबाट यो वर्ष तरूणदीप राईले देशलाई प्रतिनिधित्व गर्दै टोकियो प्रस्थान गरेको उनले अवगत गराए। राईले यस भन्दा पनि ओलम्पिकमा सहभागिता जनाइ सकेका छन्। उनले आर्चेरीमा प्रतिष्पर्धा गर्ने छन्।

मन्त्री लेप्चाले आज सरकार, विभाग र राज्यका सम्पूर्ण जन- ताको तर्फबाट राईलाई जीतको निम्ति अग्रिम शुभकामना व्यक्त गरे। उनको भनाइ अनुसार राज्यका खेलाडीहरूलाई खेल प्रति प्रोत्साहन गर्ने उद्देश्यले सरकारले प्रोत्साहन राशिमा वृद्धि गरेको हो। निटक भविष्यमा सिक्किम राज्यबाट धेरै जनाले विभिन्न विदामा देशलाई प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीयस्तरको प्रतियोगि- तामा सहभागिता जनाउनसक्ने मन्त्री लेप्चाले सम्भावना व्यक्त गरे। यस अवसरमा विभागका सचिव राजु बस्नेत लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

इण्डिपेण्डेन्स डे फूटबलः मतिगढ़ा कमिश्नर फिटिज एफसीसीको रोमाञ्चक जीत

५ अगस्त २०२१: नेताजी युथ क्लब, सेभोक बजारको तत्त्वावधानमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टअन्तर्गत बुधवार खेलिएको म्याचमा रोमाञ्चक जीतको साथ मतिगढ़ा...

केन्द्रीय योजनाहरूमा मात्र राज्यका विपक्षी दलहरूले विरोध जनाएको डीबी चौहानको दावी

गान्तोक, ४ अगस्त २०२१: सिक्किम राज्यमा जब पन राष्ट्रीय योजनाहरू लागु हुन्छ तब राज्यका विपक्षी दलहरूले विरोध जनाउने चलन रहिआएको छ। धेरै...

Recent Comments

Farindra on राेजगार