Thursday, August 5, 2021
Home खेलकुद क्रिकेटः स्टार्कको विध्वंशी बलिङ्गले अष्ट्रेलिया सजिलै विजयी

क्रिकेटः स्टार्कको विध्वंशी बलिङ्गले अष्ट्रेलिया सजिलै विजयी

२१ जुलाईः पेस बलर मिचेल स्टार्क (४८ रनमा ५ विकेट) र जोश हेजलवुड (११ रनमा ३ विकेट)-को विध्वंशी बलिङ्गको दममा अष्ट्रेलियाले पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा वेष्ट इण्डिजलाई १३३ रनले पराजित गऱ्यो। वर्षाले प्रभावित म्याचमा ४९ ओभरमा २५७ रनको संशोधित लक्ष्यलाई खेदो गर्दै वेष्ट इण्डिजले एक समय त आठौं ओभरमा २७ रनमै ६ विकेट गुमाएको थियो तर कप्तान कायरन पोलार्ड (५६ रन)-ले अर्द्ध- शतक बनाउनको साथै अल्जारी जोसेफ (१७)-सँग सातौं विके- टको निम्ति ६८ रन योग गरी टीमलाई न्यूनतम् स्कोरमा समेटिन देखि बचाए। अन्तमा वेष्ट इण्डिजको टीम २६.२ ओभरमा केव- ल १२३ रन बनाएर अलआउट भयो। पोलार्डले ५७ बल खेलेर ५ वटा चौका र ३ वटा छक्का लगाए। वेष्ट इण्डिजको तर्फबाट शीर्ष क्रममा इविन लुइस (०), शिमरोन हेटमायर (११), जेसन मोहम्मेद (२), ड्यारेन ब्राभो (२), विकेटकीपर निकोलस पूरन (०) र जेसन होल्डर (०) चरम व्यर्थ भए। अन्ततिर अल्जारी जोसेफ र हेडन वल्श (२०)-ले सामान्य योगदान नदिएको भए टीमले १००-को आँकड़ा पनि छुने थिएन।
यसअघि बारबाडोसको ब्रिजटाउनस्थित किङ्ग्सटन ओवल मैदानमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै अष्ट्रेलियाले ५० ओभ रमा ९ विकेट गुमाएर २५२ रन बटुल्यो। चोटग्रस्त नियमित क- प्तान एरोन फिञ्चको स्थानमा टीमलाई अगुवाई गरिरहेका विकेटकीपर एलेक्स केरीले सर्वाधिक ६७ रन (८७ बल, ५ वटा चौका र २ वटा छक्का) बनाए। यसबाहेक एस्टन टर्नरले ४९, ओपनर जोश फिलिपले ३९, बेन म्याकडरमटले २८ र मिचेल मार्शले २० रनको योगदान दिए। वेष्ट इण्डिजका बलरहरूमा स्पिनर हेडन वल्शले सर्वाधिक ५ विकेट लिए। यसबाहेक अके- ल होसेन र अल्जारी जोसेफले २-२ विकेट हासिल गरे। वेष्ट इण्डिज यात्रामा खराब शुरुवातपछि लय हासिल गर्दै म्याचमा विध्वंशी बलिङ्ग गर्ने अष्ट्रेलियाका पेसर स्टार्कलाई प्लेयर अव् द म्याच चयन गरियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

इण्डिपेण्डेन्स डे फूटबलः मतिगढ़ा कमिश्नर फिटिज एफसीसीको रोमाञ्चक जीत

५ अगस्त २०२१: नेताजी युथ क्लब, सेभोक बजारको तत्त्वावधानमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टअन्तर्गत बुधवार खेलिएको म्याचमा रोमाञ्चक जीतको साथ मतिगढ़ा...

केन्द्रीय योजनाहरूमा मात्र राज्यका विपक्षी दलहरूले विरोध जनाएको डीबी चौहानको दावी

गान्तोक, ४ अगस्त २०२१: सिक्किम राज्यमा जब पन राष्ट्रीय योजनाहरू लागु हुन्छ तब राज्यका विपक्षी दलहरूले विरोध जनाउने चलन रहिआएको छ। धेरै...

Recent Comments

Farindra on राेजगार