Tuesday, January 18, 2022
Home खेलकुद क्रिकेटः पहिलो टेस्टमा इनिङ्ग्स र ६३ रनले विजयी द. अफ्रिका

क्रिकेटः पहिलो टेस्टमा इनिङ्ग्स र ६३ रनले विजयी द. अफ्रिका

१३ जून २०२१: आफ्नो घातक पेस आक्रमणको दममा दक्षिण अफ्रिकाले सेण्ट लूसियामा खेलिएको पहिलो क्रिकेट टेस्ट म्याच मा आयोजक वेष्ट-इण्डिज लाई तेस्रो दिन नै इनिङ्ग्स र ६३ रनको गतिलो अन्तर ले पराजित गऱ्यो। यस जीतको साथै दक्षिण अफ्रिका ले दुईवटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो।

म्याचमा वेष्ट इण्डिजको दोस्रो इनिङ्ग्स केवल १६२ रनमा समाप्त भयो। यसअघि आयोजक टीम पहिलो इनिङ्ग्समा पनि केवल ९७ रन बनाएर अलआउट भए को थियो। शनिवार राति पेस बलर एनरिक नोर्खियाले जेडन सील्सलाई आउट गरी प्रोटियाज टीमको जीत मा मोहर लगाए।

वेष्ट इण्डिजले पहिलो इनिङ्ग्समा बनाएको ९७ रनको जवाफ मा दक्षिण अफ्रिकाले विकेटकीपर ब्याट्सम्यान क्विण्टन डी कक्-को १७० बलमा अविजित १४१ रन (१२ वटा चौका र ७ वटा छक्का)-को सहायताले पहिलो इनिङ्ग्समा ३२२ रन बनाए को थियो। यसरी पहिलो इनिङ्ग्सको आधारमा २२५ रनको ठूलो अन्तर ले पछाड़िएपछि वेष्ट इण्डिजको दोस्रो इनिङ्ग्समा पनि दुर्दशा भयो। दोस्रो दिनको स्कोर ४ विकेटको नोक्सानमा ८२ रनदेखि अघि खेल्दै वेष्ट इण्डिजको दोस्रो इनिङ्ग्स १६२ रनमा समाप्त भयो। वेष्ट-इण्डिजको दोस्रो इनिङ्ग्समा दक्षिण अफ्रिकी बलरहरूमा कगिसो रबाडाले सर्वाधिक ५ विकेट हासिल गरे। यसबाहेक नोर्खियाले ३ र स्पिनर केशव महाराजले २ विकेट लिए। वेष्ट इण्डिजको दोस्रो इनिङ्ग्समा अलराउण्डर रोस्टन चेसले सर्वाधिक ६२ रन बनाए।

डी कक् लाई म्यान अव् द म्याच चयन गरियो।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बलिउड फिल्ममा खलनायकको अमिट छाप बसाल्ने लोकप्रिय अभिनेता ‘डेनी’

मुम्बई: बलिउड फिल्महरू खलनायक बिना अधुरो मानिन्छ र यो चलन ६० को दशकदेखि चल्दै आएको छ। खासगरी ८० र ९० को दशकमा...

नागरिकता अधिनियम लागु गर्ने मागमा पार्टीसित क्षुब्ध भाजपा नेता

कोलकता। राज्य विधानसभा चुनावमा कड़ा प्रतिस्पर्दापछि भाजपाको असुविधा कम हुने नाम लिइरहेको छैन। अब पार्टीबाट क्षुब्ध मतुआ समुदायको वरिष्ठ नेता आफ्नो केन्द्र...

कालेबुङ क्षेत्रको बेग्लाबेग्लै ठाउँमा २ वटा घर जलेर खरानी

  कालेबुङ: कालेबुङ ग्राम पञ्चायत अधिनस्थ ८ माइल नर्सरी गाउँ निवासी अम्बर बहादुर छेत्रीको घर राती २ बजे  आगलागी हुँदा खरानी भएको छ।...

बागडोगरा हवाईअड्डा १४ दिन बन्द हुने

सिलगढी: बागडोगरा हवाईअड्डा यस वर्ष अप्रेलमा पर्यटकीय सिजनको बीचमा १४  दिनका लागि बन्द हुनेछ। बागडोगरा विमानस्थलको रनवे पुन:र्सतहीकरण (सरफेसिङ) को कामका...

Recent Comments

Farindra on राेजगार