Sunday, September 19, 2021
Home खेलकुद क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५ विकेटले परा- जित गऱ्यो। यस जीतको साथै आयोजक टीमले पाँचवटा टी२० म्याचको सीरीजमा २-०-को बढ़त हासिल गऱ्यो। मीरपुरको शेरे बाङ्ग्ला नेशनल स्टेडियममा खेलिएको दोस्रो टी२० म्याचमा ट- स जितेर पहिला ब्याटिङ्ग गर्दै अष्ट्रेलियाले २० ओभरमा ७ विके- ट गुमाएर जसोतसो १२१ रन बटुल्यो।

शीर्ष क्रमको चरम असफलताबीच अष्ट्रेलियाको निम्ति मिचेल मार्शले सर्वाधिक ४५ रन (४२ बल, ५ वटा चौका) बनाए। यसबाहेक मोइजेस हेनरिक्सले ३० र मिचेल स्टार्कले अविजित १३ रन बनाए। बङ्ग्लादेशका बलरहरूमा मुस्ताफिजुर रहमान ले ३ र शोरिफुल इस्लामले २ विकेट लिए। जीतको निम्ति १२२ रनको सजिलो लक्ष्यलाई खेदो गर्दै बङ्ग्लादेशले ८ बल बाँकी रहँदै ५ विकेटको नोक्सानमा १२३ रन बनाएर जीत हासिल ग- ऱ्यो।

लक्ष्यलाई खेदो गर्दै केवल ६७ रनमा ५ विकेट गुमाएर बङ्ग्ला- देश पनि एक समय चेपारोमा परेको थियो तर म्यान अव् द म्याच रहने अफिफ होसेनले अविजित ३७ (३१ बल, ५ वटा चौका र एउटा छक्का) र विकेटकीपर नुरुल हसनले अविजित २२ रन बनाएर आयोजक टीमलाई जीत दिलाए। यी दुईले छैटौं विकेट को निम्ति ५६ रनको अटूट साझेदारी गरी अष्ट्रेलियाई टीमलाई हिस्रिक्कै पारे। यी दुईबाहेक बङ्ग्लादेशको तर्फबाट शाकिब अल हसनले 26 र मेहदी हसनले २३ रनको योगदान दिए। अष्ट्रेलियाई बलरहरूमा स्टार्क, जोश हेजलवुड, एस्टन एगर, एडम जाम्पा र एण्ड्र्यू टायले १-१ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बङगालमा आज कोरोनाको ६३५ नयाँ मामिला, ११ को मृत्यु

कोलकत्ता, १९ सेप्टेम्बर २०२१। राज्य स्वास्थ्य विभागको तर्फबाट जारी हेल्थ बुलेटिनअनुसार, गत २४ घण्टमा राज्यमा ६३५ जना कोरोना भाइरसले सङ्क्रमित भएको छ भने अर्कोतिर ११...

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

Recent Comments

Farindra on राेजगार