Thursday, August 5, 2021
Home खेलकुद क्रिकेटः अन्तिम म्याचसहित पाकिस्तान विरुद्ध फेरि सीरीज जित्यो इङ्ग्ल्याण्डले

क्रिकेटः अन्तिम म्याचसहित पाकिस्तान विरुद्ध फेरि सीरीज जित्यो इङ्ग्ल्याण्डले

२१ जुलाई २०२१: लेग स्पिनर आदिल राशिदको करियरको सर्वश्रेष्ठ बलिङ्गको सहायताले इङ्ग्ल्याण्डले मङ्गलवार राति म्यानचेष्टरमा खेलिएको तेस्रो तथा अन्तिम टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा पाकिस्तानलाई ३ विकेटले पराजित गरी तीनवटा म्याचको सीरीज २-१-ले झोलीमा हाल्यो। राशिदले उत्कृष्ट बलिङ्ग गर्दै ३५ रन खर्च गरी ४ विकेट लिए। यसैको फलस्वरूप टस जितेर पहिला ब्याटिङ्ग गर्ने पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बटुल्यो। पाकिस्तानको तर्फबाट ओपनर मोहम्मद रिजवान (५७ बलमा ७६ रन, ५ वटा चौका र ३ वटा छक्का)-लाई छोड़ेर अरू कसैले पनि लामो इनिङ्ग्स खेल्न सकेनन्। फखर जमानले २४, हसन अलीले अविजित १५ र शोएब मकसूदले १३ रनको योगदान दिए। राशिदले पकिस्तानका कप्तान बाबर आजम (११), मकसूद, मोहम्मद हफीज (१) र शदाब खान (२)-को महत्त्वपूर्ण विकेट हासिल गरे। यसबाहेक एक विकेट मोईन अलीको नाममा रह्यो।
जवाफमा इङ्ग्ल्याण्डले ओपनर जेसन रोय (३६ बलमा ६४ रन, १२ वटा चौका र एउटा छक्का)-को आक्रामक अर्द्धशतकको सहायताले २ बल बाँकी रहँदै ७ विकेटको नोक्सानमा १५५ रन को लक्ष्यलाई हासिल गऱ्यो। रोयले आफ्नो ६४ रनमा ५४ रन त केवल बाउण्ड्रीबाट हासिल गरे। यसबाहेक डाविड मलानले ३१ रन बनाए भने जोस बटलर र कप्तान इयोन मोर्गनले २१- २१ रनको योगदान दिए। पाकिस्तानका बलरहरूमा मोहम्मद हफी- जले सर्वाधिक ३ विकेट लिए। यसबाहेक इमाद वासिम, हसन अली, उस्मान कादिर र शदाब खानले १-१ विकेट लिए। विजेता टीमका जेसन रोयलाई प्लेयर अव् द म्याच र लियम लिविङ्गस्टो- नलाई प्लेयर अव् द सीरीज चयन गरियो। पाकिस्तानले यसअ- घि इङ्ग्ल्याण्ड विरुद्ध वनडे सीरीजमा पनि ३-०-ले लाजमर्दो हारको सामना गर्नु परेको थियो। यसपाली टी- २० सीरीजमा पनि २-१-ले पराजित हुँदा पाकिस्तानी मीडियाले खेलाड़ीहरू लाई पानीखेदो गर्न थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

इण्डिपेण्डेन्स डे फूटबलः मतिगढ़ा कमिश्नर फिटिज एफसीसीको रोमाञ्चक जीत

५ अगस्त २०२१: नेताजी युथ क्लब, सेभोक बजारको तत्त्वावधानमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टअन्तर्गत बुधवार खेलिएको म्याचमा रोमाञ्चक जीतको साथ मतिगढ़ा...

केन्द्रीय योजनाहरूमा मात्र राज्यका विपक्षी दलहरूले विरोध जनाएको डीबी चौहानको दावी

गान्तोक, ४ अगस्त २०२१: सिक्किम राज्यमा जब पन राष्ट्रीय योजनाहरू लागु हुन्छ तब राज्यका विपक्षी दलहरूले विरोध जनाउने चलन रहिआएको छ। धेरै...

Recent Comments

Farindra on राेजगार